काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काठमाडौंको अनामगरस्थित योजना कार्यान्वयन निर्देशनालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

पुरा पढ्नुहाेस्

कर्मचारीहरुकै आग्रहमा अनामनगरस्थित मेलम्ची खानेपानी आयोजनाको कार्यालयमा अख्तियारको छापा

923
shares
khanepani bord

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काठमाडौंको अनामगरस्थित योजना कार्यान्वयन निर्देशनालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।

उक्त कार्यालयमा मंगलबार साँझ अख्तियारको टोलीले छापा मारेको हो ।

आयोजनामा प्रशासनको जिम्मेवारी लिएर केयूकेएलका नौ तहका कर्मचारी विक्रम आर्चायको केयूकेएलमा काज सरुवा फिर्ता भएको भोलीपल्ट अख्तियार  दुरुपयोग अनुसन्धान आयोगको टोलिले आयोजनामा छापा मारेको हो ।

छापा मार्ने टोलीले खरिद शाखालाई नदेखा गदै स्टोर र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको कर्मचारी क्वाटरको मात्र अभिलेख माग्नुले अख्तियारको टोली पनि पुर्वग्राहि देखिएको छ । खरिद शाखाले खरिद गरेका सामानको स्टोर दाखिला गर्ने र खर्च गर्ने काम स्टोर शाखाको हुने गर्छ तर, खरिद शाखा, नियम विपरित दरबन्दी नभएका ठाउँमा काजमा आएका कर्मचारीहरुको उजुरीका आधारमा व्यक्ति विशेष विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, दुरुपयोग हुनु अहिलेको बदलिदो अवस्थामा आश्र्चायको विषय भएको छ ।

अख्तियारको टोलिले स्टोरसँग सम्बन्धीत र कर्मचारीहरुको मात्र विवरण लिनुले यसमा आयोजनाका कर्मचारीहरुको पुर्ण हात रहेको बुझ्न सकिने अवस्था रहेको छ । अरुलाई हाल्न खनेको खाल्टोमा स्वंब उजुरी कर्ता आफै फस्न सक्ने अवस्था रहेको छ ।

अख्तियारमा लामो समय बसेका सहसचिव लक्ष्मीप्रसाद उपाध्याय अयोजनामा प्रमुख छन । यति लामो समयसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरी परेमा समिति बनाइ छानविन गरि राय पठाउन मन्त्रालयलाई पत्रचार गर्ने गरेको भएपनि अहिले आएर शाखा विशेषको मात्र कागजजात मागेर लानुले अख्तियार कारवाहि गर्न हैन व्यक्तिलाई धम्काउन र तर्साउन लागेको प्रष्ट देखिएको छ ।

केयूकेएलमा नौ तहमा स्थायी भएका विक्रम आर्चाय दरवन्दी नभएका ठाउँमा हालिमुहाली गर्न जोडबल गरिरहेकै समयमा उनको केयूकेएलमा पिआईडीबाट काज फिर्ता भएको छ तर उनी जसरी पनि पिआईडीमा बसीरहन उजुरबाजुरको साहार लिन लागेको प्रष्ट देखिएको छ ।

उनी काज फिर्ता भएको पत्र केयुकेएलबाट बारम्बार बुझ्न मौखिक तोकेता गर्दा समेत बुझ्न आलटाल गरिरहेका छन । उनलाई काज फिर्ता गराउन पिआईडिका उपसचिव भएर ११ तहको तलव भक्ता खाने विकेशले इच्छा देखाएका छैनन ।

विकेश, मधुलगाएको काम कारवाहिलाई अनुसन्धानको दायरामा ल्याउनु पर्नेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग वर्तमान जेनजी सरकारलाई बद्नाम बनाउने र दलीय सरकार ल्याउने खेलमा लागेको यस घटनाले पनि पुष्टि गरेको छ ।

khanepani