चितवन । दूधको अभावमा बन्द रहेको चितवन मिल्क उद्योग डेरी र सहकारीहरुले दूध ल्याएपछि...

पुरा पढ्नुहाेस्

भ्रष्ट तत्कालीन मन्त्री यादवले नियमविपरित गरेका सरुवा बदर गर्न सचिवलाई प्रधानमन्त्री कार्यालयको दवाव

सुरतलालसँग खाएको पैसा पचाउन सचिव शाक्यलाई सकस, भ्रष्ट मन्त्रीको मतियार सचिव शाक्यलाई मन्त्रालयबाट हटाउने तयारी

1.63K
shares
khanepani bord

काठमाडौँ । सेटिङ मिलाएर पटक पटक माथिल्लो पदमा कायममुकायम खान पैसाको खोलो बगाउने र आफु लगाएत अन्य कार्यालयमा समेत मन्त्री र सचिवसम्म पहुँच विस्तार गर्न माहिर खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, विराटनगरमा कार्यरत सुरत लाल चौधरीले तत्कालीन मन्त्री प्रदिप यादवलाई ६५ लाखरुपयाँ घुष खुवाएर पुनः कायममुकायम खाएका हुन ।

बदलिदो अवस्थामा पनि उनलाई अब त्यहि ठाउँमा कायममुकायम दिएर राखिरहनु बर्तमान जेन जी सरकार पनि भ्रष्टाचार र घुषखोरीको पक्षमा रहेको सन्देश जाने हुनाले तत्काल चौधरीको ठाउँमा सहसचिव पठाउन खानेपानी मन्त्रीको समेत जिम्मेवारीमा रहेकि प्रधानमन्त्री शुशिला कार्कीलाई दवाव परेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।

प्रधानमन्त्री कार्यालयबाट खानेपानी सचिवलाई घुमाउरो किसिमबाट मन्त्री प्रदिप यादवले घुष खुवाएर सरुवा गरेका कार्यालय प्रमुखहरुलाई सरुवा गर्न र उनले जागिर खुवाएका कार्मचारीहरुलाई प्रक्रिया पुर्याएर हटाउन निर्देशन भएको समाचार स्रोतले दावी गरेका छन ।

२०५६ माघ २ गते ओभरसियरका रूपमा सुरु सेवा यात्रामा चौधरी २०८० कार्तिकदेखि हालसम्म कैयन पटक प्रमुख तथा निमित्त प्रमुख हुँदै यतिबेला कार्यवाहक प्रमुखकै रूपमा निरन्तरता पाएका छन् । उनले हालै पुनः सहसचिवको दरबन्दीमा पनि कामु प्रमुख पद हत्याउन तत्कालीन मन्त्री प्रदिप यादव र मन्त्री यादवको ल्याप्चे छापा सचिव प्रमिला शाक्य बज्राचार्यलाई चौधरी पटक पटक गरि ठुलो रकम दिएको खुलासा गरेका छन ।
चौधरीसँग पैसा खाएका कारण सचिवले समेत उनलाई संरक्षण गरिरहने मन्त्रालय स्रोतले दावी गरेको छ ।

मन्त्रालय स्रोत भन्छ, ‘प्रायः सबै जिल्लाका प्रमुखहरुलाई तत्कालीन मन्त्री यादव र सचिव शाक्यले आर्थिक चलखेल गरेर कार्यालयमा पदस्थापन गरेका कारण चौधरीलाई कसैले पनि हल्लाउन नसक्ने र उनलाई चलाएमा समस्यामा परिने डरले सचिव समेत चुप बस्न बाध्य भएको हुन ।’ चौधरी मन्त्री, सचिव र प्रशासनका सहसचिव बाहेक अरुलाई मानिस समेत नगन्ने अत्यन्तै खुरापााती कर्मचारी भएको पनि मन्त्रालय स्रोतले दावी गरेको छ ।

khanepani