काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीको दीर्घकालीन...

पुरा पढ्नुहाेस्

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो बस्दै,त्यसअघि कार्यसम्पादन समितिको बैठक बोलाइयो

221
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो बस्दै छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयका सानेपामा दिउँसो एक बजे केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

केन्द्रीय समिति बैठकअघि बिहान ९ बजे कार्यसम्पादन समितिको बैठक बस्ने छ । केन्द्रीय समिति बैठकमा हुने छलफलका एजेण्डामा सहमति कायम गर्न कार्यसम्पादन समितिको बैठक बोलाइएको हो । कार्यसम्पादन समितिको बैठक पनि केन्द्रीय कार्यालयका सानेपामै बस्ने छ ।

जेनजी युवा आन्दोलनपछि पहिलोपटक असोज २८ गतेदेखि कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको थियो । आजको बैठक सोही बैठकको निरन्तरता हो । हिजो २९ गते एक दिन विश्राम लिएर आजबाट बैठकलाई निरन्तरता दिन लागिएको कांग्रेस नेताहरुले बताएका छन् ।

असोज २८ गतेको बैठकमा सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका थिए । बैठकलाई सम्बोधन गर्दै उनले आगामी महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्ने बताएका थिए । उनको सम्बोधन लगत्तै बैठक स्थगित गरिएको थियो ।

khanepani