जेन्जी सरकारमा एमाले र कांग्रेसका भ्रष्टाचारीहरुको हालिमुहाली, केयुकेएलमा संचालन समिति निरीह
प्रकाशकुमार राई, सिइओ पौडेल, योगेन्दबहादुर बम र चेतबहादुर बजगाईसहित केहि शाखा प्रमुखलाई कालो मोसो र जुत्ताको माला लगाउने तयारी पनि भइरहेको समाचार स्रोतले दावी गरेको छ ।
वि.सं.२०८२ मंसिर १ सोमवार १०:३७
shares

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)लाई संरचनागतरुपमा कमजोर बनाएर आफु अनुकुलका व्यक्तिहरुलाई अकुत कमाउने अबसर प्रदान गर्ने व्यवस्थापनका महाभ्रष्टाचारीहरु आजदेखि तालिमका नाममा लुटिखान नगरकोट र धुलिखेलतिर लागेका छन ।
केयुकेएलमा क्रियाशिल कर्मचारी युनियनका केहि नेताहरु, सिइओ अशोककुमार पौडेल, प्रशासन र अर्थ बिभागको खामवाला, अतिखुरापाती, चक्रव्यू निर्माण कर्ता, कामचोर र भ्रष्ट प्रकाशकुमार राई, प्रशासन महाशाखा प्रमुख गफाडी, अतिरिक्त आम्दानीका लागि चिन्तीत हावा कुरा गरेर आफ्नो रोटी सेक्ने योगेन्द्रबहादुर बम र भुईमा झरेको सुका पैसाका लागि सधै मरिहत्ते गर्ने अर्थ महाशाखा प्रमुख चेतबहादुर बजगाईहरुको समुहले केयुकेएललाई पारिवारीक क्लव बनाएर संसारलाई रमिता देखाइरहेका छन ।
केयुकेएल संचालन समिति मार्फत संचालित काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यन्वयन निर्देशनालयमा करिव ३ महिनादेखि एउटा एमालेको संगठित सदस्य विक्रम आचार्य दिनदहाडै गाँजाको तालमा नाङ्गो नाच देखाईरहदा केयूकेएलको खन्चुवा समुह र केयुकेएल संचालक समिति निरिह बन्नु अर्को नौटंकि भइरहेको छ ।
एमाले र नेपाली कांग्रेसको महागठबन्धनको सरकार भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलनले बढारेर सडकमा पुर्याएपछि उनीहरुका छाउराहरुको तान्नण्डब नाँच केयुकेएल र खानेपानीका आयोजनाहरुमा हेरी नसक्नु अवस्थामा पुगेको छ ।
२ र ४ दिनको सरकार त हो नि, पछि त हाम्रो सरकार आईहाल्छ भन्दै साना तह र कमजोर कर्मचारीहरुलाई अनेक दुख दिने गरिरहेका छन । नियम र विधिले गर्न नमिल्लने काम पनि गरिरहेका छन । आयोजनामा दरवन्दी नै नभएका ठाउँमा भ्रष्टाचार र अनियमित काम गराउनकै लागि नौ तहको विक्रम आर्चायलाई असनको साँढे जस्तै गरि खुल्ला छोडि रहदाँ समेत केयूकेएल संचालन समितिले सिइओलाई नथि लगाउन नसक्नु अर्को विडम्बना जस्तै भएको छ ।
केयुकेएल संचालन समितिका तत्कालीन सदस्य राजाराम दाहालको संयोजकत्वमा सिइओ पौडेलको कार्यसम्पादन मुल्याङकन समितिको मुल्याङनमा पनि सिइओ पौडेल दुई दुई पटक अनुतिर्ण भइसकेका छन । त्यतिखेरको मुल्याङकन समितिको प्रमाण नेपाली जनतासँग सुरक्षित रहेको छ ।
केहि समय अगाडि संचालन समितिले सिइओ पौडेलको कार्यसम्पादन मुल्याङकन एविसिले गरेको छ । प्राप्त सूचना अनुसार उक्त मुल्याङकनमा पनि सिईओले ४९ प्रतिशत अंक प्राप्त गर्न सकेका छैनन । कतिपय व्यावसायीक कार्यक्रममा त सिइओ पौडेलले सून्य अंक प्राप्त गर्न सकेका छन ।
सिइओ पौडेलले केयुकेएलमा पुस मसान्त देख्न पाउन नसक्ने सरोकारवालाहरुले बताएका छन । विगतमा सामुहिक सौदाबाजी समुहले गरेको आन्दोलनमा आन्दोलनरत केहि कर्मचारीहरुको खुट्टै समातेर जागिर बचाइदिन अनुरोध गरेका सिइओले अहिले त्यहि समुहलाई पिना पेले झै गरि पेल्न थालेका छन ।
उमेश भरट्ठा र रमेश केसीलाई केयूकेएलको सिइओ बनाउने गरि सामुहिक सौदाबाजी समुहमा सामेल एउटा समुहले आज भोलिमा विद्रोह गरेर सिइओ विरुद्ध आन्दोलन अगाडि बढाउने र संचालक समितिमा दवाव बढाउने तयारी अन्तिम चरणमा पुगेको समाचार स्रोतले दावी गरेको छ ।
प्रकाशकुमार राई, सिइओ पौडेल, योगेन्दबहादुर बम र चेतबहादुर बजगाईसहित केहि शाखा प्रमुखलाई कालो मोसो र जुत्ताको माला लगाउने तयारी पनि भइरहेको समाचार स्रोतले दावी गरेको छ । त्यो कार्यको योजना महाराजगञ्जतिरका केहि क्याफेहरुमा बसेर बनाईएको पनि बुझिएको छ । त्यसका लागि केहि जेन्जी समुहहरुलाई अनुरोध गरिएको पनि समाचार स्रोतले दावी गरेको छ ।























