बोर्डको कार्यकारी निर्देशकमा डाक्टर डोलप्रसाद चापागाई (डिपी) नियुक्त
वि.सं.२०८२ मंसिर ८ सोमवार १७:००
shares

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको कार्यकारी निर्देशकमा डाक्टर डोलप्रसाद चापागाई (डिपी) नियुक्त भएका छन ।
उनी प्रतिस्पर्धाका आधारमा ५ बर्षका लागि बोर्ड कार्यकारी निर्देशकमा नियुक्ति भएको बोर्ड संचालक समितिका एक सदस्यले बताएका छन । बोर्डको कार्यकारी निर्देशक छनोट समितिले खुलाएको विज्ञापनमा ७ जनाले प्रतिस्पर्धा गरेका थिए ।
अन्तिम छनोट सूचीमा दुई जनाले कार्यपत्र प्रस्तुति र अन्र्तर्बाता दिएका थिए । अन्र्तबार्तामा डोल प्रसाद चापागाई र ईश्वर प्रसाद सहभागी भएकोमा आज बोर्ड अध्यक्ष तथा काठमाडौं महानगर पालिकाका मेयर बालेन साहको अध्यक्षतामा बसेको बैठकले डाक्टर डोल प्रसाद चापागाई नियुक्त भएका हुन ।
चापागाई हाल बोर्डका उपकार्यकारी निर्देशकमा कार्यरत छन ।























