काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारसमक्ष आफ्ना माग प्रस्तुत गरेका छन् । शुक्रबार...

पुरा पढ्नुहाेस्

साना कर्मचारीहरुलाई देख्लास, पख्लास भन्दै दैनिकी गुजारी रहेका सिइओका नयाँ सारथी गजडी आचार्य

खानेपानी संस्थानबाट लुम्बीनी विकास कोषको सदस्यसचिव नियुक्ती भएका दिपक श्रेष्ठको नियुक्ती प्रधानमन्त्री कार्यालयले प्रमाणीकरण नगरेका कारण निष्क्रीय हुन पुगेको छ ।

2.73K
shares
khanepani bord

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)मा भ्रष्टाचारी, महाभ्रष्टाचारी, अनुचारी, दुराचारी, पाखण्डी, खुरापाती, खामबादी, इसेवाबादी, मिटरखरिद काण्ड, मिटररिडरहरुसँग पैसा असुली गर्ने काण्ड, दोहोरी काण्ड, तालिममा रक्सी काण्ड, कामदार ठेक्कामा लगाएर श्रमशोषण काण्ड, गाँजडी काण्डले थिलथलो भएको कम्पनीले मेलम्चीको पानी वितरण गरेर पनि पैसा उठाउन सकेको छैन ।

केयूकेएलको सिइओ अशोककुमार पौडेल र अर्थ प्रशासन विभागका प्रमुख प्रकाशकुमार राई र अर्थ महाशाखा प्रमुख चेतबहादुर बजगाईहरुले केयूकेएल चुसेर झुम्रो बनाइसक्दा पनि चुस्नकै लागि गजडी विक्रम आर्चायलाई कर्मचारी प्रशासन शाखा जिम्मा लगाएर बहादुरी देखाईरहेका छन ।

सिइओ पौडेल, राई र बजगाईलाई कर्मचारीहरुले कालो मोसो लगाउन पटक पटक प्रयास गर्दा पनि कर्मचारीहरुलाई शोषण गदै आएका युनियनका भ्रष्टाचारीहरुले रोक्दै आएका छन ।

महाँकालचौरका प्रमुख प्रकाश थापा, राई र आर्चायलाई कुनैपनि हालतमा कालोमोसो दल्नु पर्ने आवाज केयूकेएलका कर्मचारीहरुवीचमा उठेको छ । सिइओ पौडेल कर्मचारीहरुवीच फुटाउ र राज गर्ने हरीलठ्ठक चौर तरीका अपनाइरहेका छन । उनले दरबन्दी नभएका ठाउँमा कमिशन खानकै लागि पिआईडिमा विक्रम आचार्यलाई पठाएर मन्त्रालयकि काविल र नियमकानून भन्दा बाहिर गएर सिन्को पनि एताउता नगर्ने इमान्दार कानून उपसचिव मुना राउतलाई फाउने प्रयास गरेका थिए ।

उनै उपसचिवले कर्मचारीहरुमा विग्रह हुनबाट बचाएकि छीन । पुनः खुरापातीका लागि सिद्धहस्त कहलीएका र दोषअरुलाई लगाउने कलामा निपूर्ण सिइओ पौडेलले केयुकेएलमा नियुक्ति भएर आएका नयाँ कर्मचारीहरुसँग छुट्टै बैठक गरेर नयाँ खिचडी पकाउन खोजेका छन ।

पिआईडीमा रहेका कर्मचारीहरुलाई चाँडो फिर्ता गर्छूृ भन्दै संचालक समितिको बैठकमा बोल्न शुरु गरेका सिइओले अमिलो मुख बनाउदै फिर्ता भएका कर्मचारीको फिर्ता चाँडो कार्यन्वयन गर्छू भनेका थिए ।
कम्बल ओढेर ध्यू खाने एमाले खुरापाती र कांग्रेसका हरामीहरुवीचको गठबन्धनले केयुकेएलमात्र हैन खानेपानीको क्षेत्रनै तहसनहस बनाउने भएका छन ।

कमिशनका लागि केयूकेएलले पिआईडीमा पठाउनु पर्ने उपअयोजना प्रमुख पठाएका छैनन । पिआईडीको करिव १२ अर्ब भन्दाबढीको बाहिरी चक्रपथको ठेक्काको हस्ताक्षर मनि कुम्ल्याउन सिइओ लालयीत देखिएका छन । केहि आफुलाई अब्बल देखाउने खानेपानी मन्त्रालयका कानून उपसचिव, ललितपुर महानगरपालिका, काठमाडौं महानगरपालिकाका सदस्यबाहेक अन्य सदस्य समेत पिआईडीको कमिशनमा डुबेको मन्त्रालय स्रोतले दावी गरेको छ ।

केयूकेएलका मिटररिडरहरुलाई मिटररिङि गर्दा गल्ती गरे उनीहरुबाट पैसा असुलउपर गर्ने कार्यविधि गजडी विक्रम आचार्यले तयार गरेका थिए । त्यसमा राई, महाँकालचौरको थापासमेत सामेल भएर बनाएको कार्यविधिका विषयमा केयुकेएलमा बैठक बस्दा सिइओ पौडललगायतलाई कर्मचारीहरुले पटमुर्ख र केयुकेएलको संरचना नबुझेको कर्मचारीले लेखेको कार्यविधि भनेर हप्काएका थिए ।

सो अवसरमा उच्चपदस्त प्राविधिकहरु, राई, बजगाईले सिर झुकाएर बसेका थिए । सिइओले कार्यविधि लेखनको जिम्मेवारी लिएर आवश्यक छलफल भएपछि कार्यन्वयनका लागि संचालक समितिमा पेश गरिने बताए ।

पटक पटक कार्यसम्पानमा अनुतिर्ण भएका सिइओ पौडेल कुन नैतिकताका आधारमा पदमा बसिरहन सकेका छन आश्चार्यको विषय भएको छ । टाटपल्टेको कम्पनीमा ३ लाख तलव बुझ्दै आएका सिइओमाथि नैतिकताको प्रश्न उठिरहदा समेत साना कर्मचारीहरुलाई देख्लास, पख्लास भन्दै दैनिकी गुजारी रहेका छन ।

उता खानेपानी संस्थानबाट लुम्बीनी विकास कोषको सदस्यसचिव नियुक्ती भएका दिपक श्रेष्ठको नियुक्ती प्रधानमन्त्री कार्यालयले प्रमाणीकरण नगरेका कारण निष्क्रीय हुन पुगेको छ ।

khanepani