क्यानद्वारा क्याप्टेन विजय लामामाथि कारबाही, अनिश्चितकालका लागि उडानमा प्रतिबन्ध
वि.सं.२०८२ मंसिर १२ शुक्रवार १६:३१
shares

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगममा कार्यरत क्याप्टेन विजय लामामाथि कारबाही गरेको छ । उडान सञ्चालन मापदण्ड पालना नगरेको भन्दै उनीमाथि उडानमा प्रतिबन्ध लगाउने गरी कारबाही गरिएको हो ।
लामाले जहाज उडाउने क्रममा फोटो तथा भिडियो खिचेर भ्लग बनाएको र यसले उडान सञ्चालन मापदण्ड उल्लङ्घन भएको क्यानको ठहर छ ।
प्राधिकरणले नेपाल वायुसेवा निगमको अपरेसन्स डिपार्टमेन्टलाई पत्र लेख्दै अर्को सूचना नआउन्जेलसम्मका लागि रोस्टर अफमा राख्न (जहाज उडाउन नदिन) निर्देशन दिएको छ ।























