काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारसमक्ष आफ्ना माग प्रस्तुत गरेका छन् । शुक्रबार...

पुरा पढ्नुहाेस्

किसानको पहुँचमा उन्नत मकैको जात पुर्‍याउन मकैबाली अनुसन्धान कार्यक्रमले थाल्यो अभियान

1.33K
shares
khanepani bord

चितवन । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले यसवर्ष उन्नत प्रविधिको मकैको जात प्रवर्धन तथा प्रसार गर्न विभिन्न कार्यक्रम गर्ने भएको छ । कार्यक्रमले अनुसन्धान गरेर विकास गरेका उन्नत तथा स्थानीय विकसित मकैका बीउहरु किसानसम्म पुर्याउन विभिन्न कार्यक्रम गर्ने तय गरेको हो ।

मकैबाली अनुसन्धान कार्यक्रमले आविश्कार गरी किसानसम्म पुर्‍याएका नयाँ प्रजातिका मकैका बीउबीजन विदेशी आयातितत भन्दा उच्च उत्पादन हुने भएपनि अहिले देशभरका १४ प्रतिशत किसानले मात्रै कार्यक्रमले विकास गरेका उन्नत बीउबीजन रोप्ने गरेका तथ्याङ्क छन् ।

कार्यक्रमका संयोजक तीर्थराज रिजालका अनुसार यो अवस्थामा सुधार गरेर परियोजनाको तत्कालको लक्ष्य अनुसार कम्तिमा ३३ प्रतिशत किसानसम्म नेपालमा नै उत्पादन गरिएका मकैको उन्नत जातको बीउको पहुँचमा पुर्याउने उद्देश्यले यो कार्यक्रम सुरुआत गरिएको हो ।

अघिल्लो आर्थिक वर्षदेखि मकैबाली अनुसन्धान र प्रविधि प्रवर्धन परियोजना नाम दिएर सुरु भएको कार्यक्रमले अघिल्लो आर्थिक वर्षमा नै १० प्रजातिका वर्णशंकर मकैको जाती, दुई वटा पोषिलो र ३० भन्दा बढी स्थानीय विकसित अर्थात् खुला सेचित मकैका जातहरु विकसित गरेको जनाइएको छ ।

उनका अनुसार दर्ता तयारी गरिएको दुई र परीक्षण सफल भएर दर्ता प्रकृयामा रहेका दुई प्रजातिका मकैका बीउ कार्यक्रमले विकसित गरेको छ । भने, स्थानीय प्रजातिका मकैलाई पनि विकसित गरि किसानसम्म पुर्याएको छ।

यी विकसित गरिएका बीउलाई नेपालका किसानसम्म पुर्याउन सुरु गरिएको परियोजनामा यसवर्ष चितवनको माडी, गोलाघाट, गीतानगर, विठूवा, हरैया, भीमनगर, देवचुली, बरादी, डेढगाउँ, आरुघाट लगायतका चितवन बाहेकका गोर्खा, नवलपरासी (सुस्ता पूर्व), बारा लगायतका जिल्लामा वर्णशंकर जातको कमैको जातीय प्रदर्शन गर्ने जनाएको छ ।

आज किसान, बीउ बीजन बिक्रेता, स्थानीय तह, कृषि विकास समन्वय इकाइ लगायतका कृषिसँग सरोकारवाला व्यक्ति तथा संस्थासँगको छलफल अन्तरक्रिया पनि मकैबाली उत्पादन र बजारीकरणको लागि संयुक्त समन्वयमा विभिन्न स्थलगत तालिम दिने, मकैवाली दिवस मनाउने, श्रोतबीउको वितरणसम्बन्धित छलफल गर्ने लगायतका कार्यक्रम गर्ने निर्णय गरिएको कार्यक्रमका प्राविधिक अधिकृत ध्रुव रेग्मीले जानकारी दिए ।

नेपालमा उत्पादन हुने अन्नबालीमा धानपछि दोस्रो महत्वपूर्ण बालिका रुपमा मकैलाई लिइन्छ । अहिले नेपालमा करिब ९ दशमलव ४ लाख हेक्टरमा मकैखेती हुने र वार्षिक २९ दशमलव ७ लाख टन उत्पादन हुने तथ्याङ्क रहेको छ । भने नेपालको पहाडी क्षेत्रमा ७० र २० प्रतिशत खेती तराइमा हुँदै आएको तथ्याङ्क कार्यक्रमसँग रहेको छ ।

khanepani