काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले शुक्रवार बोलाएको सर्वपक्षीय बैठकमा फागुन २१ को निर्वाचनकै...

पुरा पढ्नुहाेस्

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनकाे आईपीओ आजदेखि खुल्दै

4.21K
shares
khanepani bord

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आज (असार २९ गते) देखि धिताेपत्रकाे प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री गर्ने भएको छ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको बिक्री नभएकाे ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको छ। त्यसबाट ७० हजार ९८८ कित्ता कर्मचारीहरूका लागि १एकलाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरेकाे छ। सर्वसाधारण लगानीकर्ताले बाँकी २१ लाख ७६ हजार ९४० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले आईपीओ निष्कासनकाे लागि धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेकाे छ । सहायक निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

सर्बसाधारण लगानीकर्ताले कम्पनीकाे सार्वजनिक निष्कासनमा न्यूनतम १० कित्ता देखियर अधिकतममा २१ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। आईपीओमा छिटोमा साउन १ गते उक्त अवधिसम्म आवश्यक आवेदन नपरेमा आवेदन दिने म्याद साउन ११ गतेसम्म लम्बिनेछ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपाले कम्पनीलाई ‘इक्राएनपी आईआर बी’ रेटिङ प्रदान गरेको छ। यसले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवामा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु मेरो सेयरको वेब तथा एपमार्फत पनि आवेदन दिन सक्नेछन्।

कम्पनीले पूर्वी रूकुमकाे सिस्ने र भुमे गाउँपालिकमा पर्ने रूकुमगाड खाेलाकाे पानिबाट ५ मेगावाट क्षमताकाे रूकुमगाड जलविद्युत आयाेजना निर्माण गरिरहेकाे छ ।

आयाेजनाकाे कुल लागत १ अर्ब ३३ कराेड ४४ लाख २८ हजार र प्रतिमेगावाट लागत २६ कराेड ६८ लाख ८६ हजार लागत अनुमान गरिएकाे छ ।

khanepani