काठमाडौं । सरकार र दलहरूसँग वार्ताका लागि पुगेका जेनजीहरूले आफ्ना मागहरू पूरा गर्न सरकारको...

पुरा पढ्नुहाेस्

प्रतिनिधिसभा विघटन विरुद्धको सुनुवाइमा न्यायाधीशहरूको आग्रह, अन्तरिम आदेशबारे बहस केन्द्रित गर्नुहोस्

390
shares
khanepani bord

काठमाडौं । संवैधानिक इजलासमा रहेका न्यायाधीशहरूले प्रतिनिधिसभा विघटन विरुद्धको सुनुवाइ मा अन्तरिम आदेशबारे बहस केन्द्रित आग्रह गरेका छन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ। अधिवक्ता प्रेमराज सिलवाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले बहस गरिसकेका छन् ।

बहसका क्रममा न्यायाधीशहरूले कानुन व्यावसायीहरूलाई अन्तरिम आदेशबारे बहस केन्द्रित गर्न भनेका हुन् ।

न्यायाधीश कुमार रेग्मीले भनेका छन्, ‘अन्तरिम आदेशमा निर्वाचन पनि नगर भन्ने ? त्यसो हो भने सबै ठप्प हुने भयो । ठप्प भएर मुलुक चल्छ ?’

न्यायाधीश सपना प्रधान मल्लले इजलासबाट सोधिकी छन्, ‘अन्तरिम आदेश जारी हुन पर्ने कि नपर्ने ? पर्ने भए के-के विषयमा अन्तरिम आदेश दिने ?’

अरू न्यायाधीशहरुले पनि यही प्रश्न गरेका छन् ।

संवैधानिक इजलासबाट बारम्बार अन्तरिम आदेशबारे बहस केन्द्रित गर्न भनिएको छ ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा रहेका छन् ।

khanepani