काठमाडौं । सरकार र दलहरूसँग वार्ताका लागि पुगेका जेनजीहरूले आफ्ना मागहरू पूरा गर्न सरकारको...

पुरा पढ्नुहाेस्

ओली आफ्नो अहंकारले सत्ताच्युत भए, पार्टी विभाजनको औचित्य पुष्टि भयो : माधव नेपाल

338
shares
khanepani bord

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग विद्रोह गर्नुको औचित्य पुष्टि भएको जिकिर गरेका छन् । आजबाट सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै नेपालले एमालेसँग विद्रोहको औचित्य पुष्टि भएको जिकिर गरेका हुन् ।

एमाले विभाजनको पुष्टि नभएको भनेर सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भुसाल लगायत नेताहरूले आरोप लगाइरहेका बेला नेपालले त्यसको जवाफ दिएका हुन् । यस्तै उनले केपी ओली आफ्नो अहंकारले गर्दा जेनजी विद्रोहमार्फत सत्ता च्युत भएको आरोप लगाए ।

‘सत्तामा बसेका अहंकारी प्रधानमन्त्री केपी ओलीलाई सत्ता च्युत गर्‍यो । पार्टी सञ्चालनबारे हामी भुक्तभोगी छौँ । एमालेमा हाम्रो विद्रोहले औचित्य पुष्टि गरेको छ । पार्टीको हरेक बैठकले विद्रोहको औचित्य पुष्टि गरेको निर्णय गरेको छ’, उनले भने, ‘विद्रोहको औचित्य पुष्टि भएन भन्नु ओलीसामु आत्मसमर्पण गर्नुबाहेक केही होइन । विद्रोह गरेर हामीले कुनै गल्ती गरेको छैन भन्ने आत्मविश्वासका साथ भन्न चाहन्छु ।’

khanepani