काठमाडौं । सरकार र दलहरूसँग वार्ताका लागि पुगेका जेनजीहरूले आफ्ना मागहरू पूरा गर्न सरकारको...

पुरा पढ्नुहाेस्

गृहमन्त्री ओमप्रकाश अर्याल र अमेरिकी राजदूत डिन आर. थम्पसनबीच भेटवार्ता

377
shares
khanepani bord

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग अमेरिकी राजदूत डिन आर. थम्पसनले भेटवार्ता गरेका छन् । बुधबार सिंहदरबारमा उनीहरूबीच भेटवार्ता भएको गृहमन्त्री अर्यालको सचिवालयले जनाएको छ ।

छलफलमा दुई देशबीचको द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ ।

अमेरिकी राजदूत थम्पसनले मुलुकभर शान्ति र सुरक्षा कायम गर्न गृह मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले खेलेको भूमिकाको प्रशंसा गरेको उनको सचिवालयले जनाएकोृ छ ।

जवाफमा मन्त्री अर्यालले वर्तमान सुरक्षा अवस्था दिन प्रतिदिन सुधार हुँदै गएको जानकारी गराएका छन् ।

भेटमा अमेरिकी राजदूतले एमसीसी परियोजनाबारे पनि चासो व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

त्यसैगरी, मन्त्री अर्यालले निर्वाचन आयोगसँग सुरक्षा आवश्यकताका विषयमा निरन्तर परामर्श भइरहेको जानकारी दिएको उनको सचिवालयले जनाएको छ ।

khanepani