चुनावको वातावरण बनाउने प्रयासस्वरुप बालुवाटारमा त्रिपक्षीय बैठक बस्दै
वि.सं.२०८२ कात्तिक १२ बुधवार १७:१७
shares

काठमाडौँ । चुनावको वातावरण प्रयासस्वरुप बुधबार बालुवाटारमा त्रिपक्षीय बैठक बसेको छ । बुधबार अपराह्नदेखि सरकार, राजनीति दल र जेनजी प्रतिनिधिबीच बैठक बसिरहेको हो ।
बैठकमा जेनजीका तर्फबाट १३ जना, राजनीतिक दलका तर्फबाट १६ जना र प्रधानमन्त्री सुशीला कार्कीसहित २ जना मन्त्री सहभागी छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोलका लागि पहिलोपटक सरकार, राजनीतिक दल र जेनजी पुस्ताबिच संयुक्त बैठक आयोजना गरिएको जानकारी दिए । यसअघि कात्तिक ४ गते सरकार र राजनीतिक दलहरूबिच छलफल भएको थियो । सरकारले फागुन २१ का लागि निर्वाचन तोकेको छ ।























