‘गणतन्त्रयता अर्थतन्त्रमा अपेक्षित सुधार भएन’

काठमाडौं । गणतन्त्रयता अर्थतन्त्रमा अपेक्षित सुधार नभएको सरकारले स्वीकार गरेको छ । लामो राजनीतिक संक्रमण, भूकम्प, कोभिड १९ लगायत कारणले अपेक्षित आर्थिक विकास हुन नसकेको अर्थमन्त्री वर्षमान पुनले बताए ।

संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताए ।

उपभोक्ता मागमा कमी आउनु, कर्जाको विस्तार न्यून हुनु, वस्तु आयातमा कमी आउनुले चालु आवमा समेत अर्थतन्त्र अपेक्षित विस्तार हुन नसकेको उनले बताए ।

१५,जेष्ठ.२०८१,मंगलवार १५:२६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्