काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ६ महिनाभित्र निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई शान्तिपूर्ण रूपमा...

पुरा पढ्नुहाेस्

नीजि बैंकका मालिकद्वारा राष्ट्र बैंकका कर्मचारीको खटनपट,व्यक्तिको सम्पतीमा बैकहरुको मनलाग्दी

केन्द्रीय बैंकका कतिपय कर्मचारी नै व्यक्तिगत लाभका लागि कुनै व्यावसायिक घराना वा बैंक तथा वित्तीय संस्थासँग निकट भएर लाभ लिदा सरकारी ढुकुटीमाथी खुला दोहन समेत गर्न सहयोगी भुमीका खेल्दै आएका छन् ।

2.24K
shares
khanepani bord

काठमाडौं । देशभर च्याउसरी खोलिएका नीजि बैंकहरुले सर्वसाधारणदेखि राज्यको पैसा समेत आफुखुशी दोहन गर्दै आएका छन् । सरकारी निति नियमलाई समेत लत्याउदै आएका बैंक तथा वित्तिय क्षेत्रका लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंककै कर्मचारीको समेत खटनपटन गरेर बचतकर्तादेखि सरकारी ढुकुटीको समेत दोहन गर्दै आएको एक अध्ययनले देखाएको छ ।

निजी बंैकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुले विद्यमान ऐन नियमलाई समेत लत्याउदै आफु अनुकुलमा बैंक तथा वित्तिय क्षेत्रको सञ्चालन गरेर रातारात अर्बपति समेत बन्दै गएका छन भने उता बचतकर्ता भने झन झिनो व्याजमा अल्झिएर बस्नु परेको छ । देशभर सञ्चालन हुने सवै उद्योगधन्दा, व्यवसायीदेखि समाजसेवा गर्ने गराउने संघसंस्था विद्यमान ऐन अनुसार चल्नु पर्ने हो । तर, शक्तीशाली संघसस्थाका मालिकहरुद्वारा सरकारी ऐन कानुनलाई लत्याउदै सरकारी कर्मचारीलाई आफ्नो इसारामा नचाउदै अबैधधन्दा चलाउदा समेत सरकारी पक्षबाट चासो नदिई अबैधधन्धा चलाउनेलाई हाईसञ्चो समेत बनाएको पाइएको छ ।

सवैभन्दा बढी आफु अनुकुल सरकारी कर्मचारीलाई खटनपटनदेखि निर्णय गराउने कार्यको पहिलो नम्बरमा पर्ने गरेको छ नीजि बैंक वित्तिय संस्था । बैंक वित्तीय संस्थाहरुको निगरानी कारबाही र पुरुस्कृत गर्ने सवै अधिकार नेपाल राष्ट्र बैंकमा रहेको हुन्छ । तर राष्ट्र बैंकमा कार्यरत कर्मचारीले विद्यमान ऐन बाहिर रहेर सञ्चालनमा रहेका बैंक वित्तिय क्षेत्रसंगको अबैध साँठगाँठ गरेर विदेश घुम्नेदेखि छोराछोरीको स्कुल, कलेजको फि समेत तिनै बैंक वित्तियसंग असुली गर्दै आएका छन । राष्ट्र बैंकका कर्मचारीलाई अबैधरुपमा दिएको रकमकै आँडमा खुलेआम अबैधधन्दादेखि राष्ट्रको ढुकुटी दोहान गर्ने बैंक वित्तिलाई भने कारबाही गर्ने आँट राष्ट्र बैंकको रहेको छैन । जहाँ नीजि बैंक वित्तिय क्षेत्रका शक्तीशाली लगानीकर्ताले नेपाल राष्ट्र बैंकका कर्मचारी चलाउने गरेको भेटिएको छ । नीजी बैकको खटनपटनमा राष्ट्र बैकका कर्मचारी परेपछि गरिव जनताहरु कालोसूचीको चक्रव्यूमा पर्दै गएका छन ।

नेपाल राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्थाले आफ्नो सहजताका लागि कर्मचारीहरूलाई प्रयोग गर्ने मात्र नभई उनीहरूलाई आफूले चाहेका विभाग/कार्यालयमा राख्ने वा सरुवा गराउने सम्मका काम गर्दै आएको पाइएको छ । कुनै बैंक तथा वित्तीय संस्थाको कैफियत पहिचान गरेर कारबाहीको सिफारिस गर्ने कर्मचारीको करियर नै तलमाथि पारिदिन सक्ने हैसियत बैंकहरूले बनाएका छन् । यसरी राष्ट्र बैंकका कर्मचारीमाथी खटन पटन गर्ने नीजि बैंकको सूचीमा भने मारवाडीले सञ्चालन गरेको एनआईसी एसिया, सनराईज बैंक, सिद्धार्थ बैंक, नोवेल बैंक, कुमारी बैंक, लुम्बिनी बैंकदेखि इन्भेष्टमेन्ट मेघा बैक पहिलो नम्बरमा आउने गरेको छ । प्रायः यि बैंकका सञ्चालकहरुले राष्ट्र बैंकको नीति नियम समेत आफु अनुकुल व्याख्य गरेर बैंक चलाउदै आएको पाइएको छ ।

केन्द्रीय बैंकका कतिपय कर्मचारी नै व्यक्तिगत लाभका लागि कुनै व्यावसायिक घराना वा बैंक तथा वित्तीय संस्थासँग निकट भएर लाभ लिदा सरकारी ढुकुटीमाथी खुला दोहन समेत गर्न सहयोगी भुमीका खेल्दै आएका छन् । व्यावसायिक घरानाका व्यक्तिहरू तथा बैंकका सञ्चालक एवं उच्चपदस्थ अधिकारीहरू केन्द्रीय बैंकमा एउटा आफ्नो मान्छे हुनुपर्छ भन्ने सोच राख्ने गरेका छन् । सोही अनुसार केन्द्रीय बैंकमा आफ्नो मान्छे सरुवा बढुवा गरेर पठाउने गरेको नौलो विषय राष्ट्र बैंकभित्र नभएको बताइएको छ । केन्द्रीय बैंकको सुपरीवेक्षण विभागका कर्मचारीलाई कुनै बैंकको गम्भीर खालको कैफियत भेटियो र त्यसउपर कारबाही अघि बढाउने प्रक्रिया सुरु गरेको खण्डमा उक्त कर्मचारीको सरुवा तत्कालै हुने गरेको छ । राष्ट्र बैंकका माथिल्लो तहका कर्मचारी तथा सञ्चालक समितिलाई समेत प्रभावित पारी कतिपय बैंकहरू कारबाहीबाट बच्दै आएका छन् । सञ्चालक समिति बैठकपछि कोही सञ्चालकले नै बैंकका अध्यक्ष तथा सीईओलाई नै फोन गरेर ‘मिलाइदिएको छु है’ भनेर सूचना दिने समेत गरेको कर्मचारीहरुको भनाई रहेको छ । केन्द्रीय बैंकका कर्मचारीलाई आफ्नो स्वार्थ अनुसार परिचालन गर्ने, आफ्नो टिममा जोड्ने, राजनीतिक क्षेत्रबाट राष्ट्र बैंक उच्च व्यवस्थापन प्रयोग गरेर बैंक तथा वित्तीय संस्थाका कमीकमजोरी लुकाउन दबाब दिने काम राष्ट्र बैंकभित्र हुदै आएको छ ।

जसको गोप्य रुपमा गर्भनरकै आदेशमा सम्बन्धित विभागका कर्मचारीबाट सो ऐन विपरितका काम हुने गरेको समेत कर्मचारीहरुले पहिचान गोप्य राख्ने सर्तमा बताएका छन् । राष्ट्र बैंकमा १५ प्रतिशत कर्मचारीहरु नीजि बैंक वित्तिय संस्थाको निर्देशन अनुसार गोप्य सूचना दिनेदेखि उनीहरुले भनेको अनुसार कार्य सम्पादन गर्ने गरेको एक अध्ययनले देखाएको छ । विद्यमान ऐन विपरित सञ्चालनमा रहेका बैंक वित्तिय संस्थाका लगानीकर्ताबाट खुला रुपमा कर्मचारीलाई आर्थिक लाभको लोभ देखाउदै आफु अनुसार निर्णय गरेर अर्बौ रुपैयाँ अनियमितता गर्दा समेत सरकारले अहिले सम्म कुनै कारबाही अगाडी बढाउन सकेको छैन । जसले गर्दा केन्द्रीय बैंककै कर्मचारीका कारण नियामकभन्दा बैंकहरू शक्तिशाली भएका र लाखौं बचतकर्ताको सुरक्षामाथि चुनौती थपिदै गएको छ । अस्वाभाविक उच्च लाभको अफर गरेर केन्द्रीय बैंकका कर्मचारी तान्ने अभ्यास समेत रहेको छ ।

हरेक बैंकमा कुनै न कुनै व्यावसायिक घरानाको लगानी रहेको छ । उक्त व्यावसायिक घराना राजनीतिक रूपमा समेत पहुँचवाला रहेका छन् । जसले गर्दा नीजि बैंकले राष्ट्र बैंकले दिएको निर्देशनलाई लत्याउदै अबैध धन्दाको समेत कारोबार गरि बचतकर्तामाथी अत्याचार नै गर्दै आएको पाईएको छ । ऐन विपरित चल्ने बैंकमाथी कारबाही गर्नुको साट्टो झन उनीहरुकै संरक्षणमा राष्ट्र बैंकनै लागेको आरोप अहिले चौतर्फी रुपमा चर्चा चलेको छ ।

khanepani