काठमाडौं । अनुमतिबिना माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जनालाई प्रहरीले धरपकड गदै अमानविय ढंगले...

पुरा पढ्नुहाेस्

बजेटबारे ओलीको भने-अर्थमन्त्री, माओवादीतिर मात्रै ढल्किएजस्तो देखिन्छ ?

3.39K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट अर्थमन्त्री र माओवादीतिर मात्रै ढल्किएजस्तो देखिएको टिप्पणी गरेका छन्।

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै बजेट अर्थमन्त्री र माओवादीतिर मात्रै ढल्किएको जस्तो देखिएपनि समर्थन गरेर अघि बढ्ने बताए।

उनले भने, ‘बजेटमाथि छलफल हामी खुलेर नै गर्छौँ। यो बजेट सरकारमा सहभागी दलहरुसँग परामर्श गरेर आएको भए धेरै राम्रो हुनसक्थ्यो। छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्रीको पार्टीको बजेट हो कि जस्तो बढ्ता देखिन गएको छ। रकमको बाँडफाँट पनि त्यसैगरी एकतारित ढल्किएजस्तो देखिन्छ। यसको निर्माण प्रक्रियामा कमजोरी रहँदा गम्भिर त्रृटी भएका छन्।’

उनले बजेटमा रहेका सकारात्मक पक्ष र कमिकमजोरी हेरेर प्रस्तुत हुनको लागि सांसदहरुलाई निर्देशन दिए।

khanepani