काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१...

पुरा पढ्नुहाेस्

हमासले बन्धक बनाएका विपिन जोशीको खोजीमा आमा र बहिनी इजरायल जाँदै

1.47K
shares
khanepani bord

काठमाडौं । हमासले बन्धक बनाएका विपिन जोशीको खोजीमा आमा पदमा जोशी र बहिनी पुष्पा जोशी आज इजरायल जाँदैछन् ।

फ्लाइ दुबईमार्फत उनीहरू अहिले बिहान ९ बजे त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् ।

विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन इजरायलले विपिनकी आमा पद्मा र बहिनी पुष्पा त्यहाँ जान लागेका हुन् ।

नेपालका लागि इजरायली दूतावासले नै उनीहरूका लागि टिकटको व्यवस्था गरिदिएको हो ।

‘सिक्दै कमाउँदै’ कार्यक्रमका लागि इजरायल गएका विपिनलाई हमास समूहले २०८० सालको असोज २० गते बन्धक बनाएको बताइएको छ ।

प्लालेस्टाइनी विद्रोही समूह हमासको कब्जामा रहेको भनिएका जोशीको अवस्थाका बारेमा अहिलेसम्म कुनै जानकारीबाहिर आएको छैन ।

khanepani