मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले लिए पद तथा गोपनीयताको शपथ

वि.सं.२०८२ असोज ३० बिहीवार १३:५१
shares

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बिहीबार जनकपुरधाम स्थित प्रदेश प्रमुख कार्यालयमामा नवनियुक्त सोनलले पद तथा गोपनियताको शपथ लिएका हुन् ।
उनलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शपथ गराएकी थिइन् । उनी हिजै मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
जनमतका मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएपछि मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीले असोज २९ गते दिउँसो ४ बजेभित्र दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको दाबी पेश गर्न आह्वान गरेकी थिइन् ।
प्रदेश प्रमुखको आह्नवानपछि लोसपाका नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउन ५ दल सहमत भएका थिए । ५६ जना सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । दाबीपछि उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।