काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१...

पुरा पढ्नुहाेस्

अध्यक्ष केपी शर्मा ओलीको विरोध गर्ने नेताहरूलाई पार्टीबाटै निष्कासन गर्नुपर्ने पासाङ शेर्पाको माग

247
shares
khanepani bord

काठमाडौं । आदिवासी जनजाति महासंघका पूर्वअध्यक्षसमेत रहेका एमाले नेता पासाङ शेर्पाले पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीको आवश्यकता झन् बढेको दाबी गरेका छन् । ११ औं महाधिवेशनबाट फेरि ओलीलाई नै अध्यक्ष बनाउनुपर्ने उनको प्रस्ताव छ ।

चालू केन्द्रीय कमिटीको बैठकमा आफ्नो धारणा राख्दै उनले ओलीलाई हटाउने एजेन्डा विदेशी खुफियाहरुको भएको टिप्पणी गरे । त्यसको कार्यान्वयनमा प्रचण्ड, रवि, बालेन र दुर्गा प्रसाईंहरू लागिपरेको शेर्पाको भनाइ छ ।

ओलीको विरोध गर्ने नेताहरूलाई यही बैठकले कारबाही गर्नुपर्ने माग समेत उनले राखेका थिए । शेर्पाले बैठकमा बोलेका कुरा उनकै शब्दमाः

संकटको घडीमा मूल नेतृत्वलाई नै प्रहार गरेर पार्टीभित्र भाँडभैलो मच्चाउन खोज्ने, विभिन्न मिडियामा त्यस्तै प्रकारका अभिव्यक्ति दिँदै हिँड्ने सचिवालय भित्रका नेताहरुलाई यो बैठकले कारबाही गर्नुपर्छ भन्ने मेरो प्रस्ताव छ ।

विधान महाधिवेशनमा असहमति केही छ कि ? भनेर अध्यक्षले सोध्दा सबै ठीक छ भनेर सहमति जनाउने अनि जेनजी आन्दोलनले आगो लगाएपछि अब केपी ओलीले भएन, बिदा लिनुपर्छ भन्दै हिँड्ने ? नेताहरुको यो तरिकाप्रति दुःख व्यक्त गर्दछु ।

केपी ओलीलाई हटाउनु पर्छ भन्ने विदेशी खुफियाहरूको एजेण्डा हो । त्यसलाई कार्यान्वयन गर्ने नेपाली कारिन्दाहरू प्रचण्ड, रवि, बालेन र दुर्गा प्रसाईँ हुन् । अहिले हाम्रै केही नेताहरुले उनीहरुका एजेन्डा बोक्न थाले । पार्टीको महत्वपूर्ण पदमा बसेर पनि दुश्मनका एजेन्डालाई मलजल पुग्ने गरी नेताहरुबाट यस्ता गतिविधि हुनु संगठनका लागि गम्भिर अपराधको बिषय हो । यसको निर्मम समीक्षा हुनु पर्दछ ।

हाम्रा केही नेताहरूले ‘एमाले सच्चिन्छौँ, सच्चिनुपर्छ, हामी माफी माग्छौँ’ भन्दै फेसबुकमा पोस्ट गर्ने, मिडियाहरुमा अन्तर्वार्ता दिने काम गरेका छन् । मैले नबुझेको कुरा, एमाले कुन कुरामा बिग्रिएको हो ? कुन विषयमा सच्चिनुपर्ने हो ? हामीले जनतालाई कुन कुरामा माफी माग्नुपर्ने हो ? एमालेका नेताहरूले सार्वजनिक रूपमा यसरी माफी मागेर हिँड्ने भनेर हाम्रो कुन बैठकले निर्णय गरेको हो ? यसलाई प्रष्ट पारियोस् ।

संकटको बेला हाम्रा नेताहरु आफू मातहतका कार्यकर्ताहरूलाई एकताबद्ध गराउनु त कता हो कता, उल्टै विग्रहका चर्चा चलाउने, फुट र गुटका विभिन्न गतिविधि सञ्चालन गर्ने, मूल नेतृत्वलाई खुइल्याउने र घेराबन्दी गर्ने काम गरिरहेको देख्छु । यो घोर आपत्तिको बिषय हो । यस्ता तत्वहरुले त जेन्जी आन्दोलनमा घुसपैठ गरी देश ध्वस्त पारे जस्तै संगठनभित्र घुसपैठ गरी पार्टी ध्वस्त पार्न खोज्ने तत्वहरू हुन् भन्ने मेरो ठहर छ । यस्ता तत्वहरूलाई समयमै पहिचान गरी ठूलै नेता भए पनि अब पार्टीबाट निश्कासन गर्नु आवश्यक छ भनेर माग राख्दछु धन्यवाद ।

khanepani