काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१...

पुरा पढ्नुहाेस्

प्रदेश सरकारलाई चालक अनुमतिपत्र लाइसेन्स प्रिन्ट गर्न अनुमति दिन माग गर्दै, युवा आवाजले बुझायो ज्ञापनपत्र

299
shares
khanepani bord

काठमाडौं । प्रदेश सरकारलाई चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) प्रिन्ट गर्न अनुमति दिन माग गर्दै मुद्रण विभागमा ज्ञापनपत्र बुझाइएको छ । बिहीबार युवा आवाज नामक संगठनले विभागमा प्रदेश सरकारलाई लाइसेन्स प्रिन्ट गर्न अनुमति दिन माग गर्दै कार्यकारी निर्देशकलाई ज्ञापनपत्र बुझाएको हो ।

भाद्र २३ गते भ्रष्टाचार विरुद्ध भएको आन्दोलन केवल भ्रष्टाचारको विरोध मात्र नभई सरकारी कामकाजमा देखिएको ढिलासुस्ती, लापरबाही र प्रशासनिक जटिलताबाट नागरिकहरूले भोग्नुपरेको असन्तोष, रिस, र उत्तेजनाको संयुक्त अभिव्यक्तिको रूपमा देखिएको उनीहरुले बताएका छन् ।

लाइसेन्स केन्द्र सरकारले स्वयं छपाइ गर्न नसकेको जनाउँदै बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय आवश्यक तयारी पूरा गरी छपाइका लागि तयार अवस्थामा रहेकाले मुद्रण विभागले स्वीकृति दिन अनुरोध समेत गरेका छन् ।

‘मुद्रण विभागसँग अत्याधुनिक मेसिन र स्रोतसाधन हुँदाहुँदै पनि विगतदेखि नै बिदेशमा पैसा (नोट) छपाइ हुँदै आएको छ ।यी सबै तथ्यहरूले यो स्पष्ट गर्छ कि मुद्रण विभागले समयमै जिम्मेवारी वहन गर्न सकेको छैन, र विभागले न त आफैं प्रभावकारी ढंगले काम गरेको छ, न त अरूलाई गर्न दिएको छ । यस विभागको ढिलासुस्तीका कारण आम नागरिकमा विश्वासको संकट उत्पन्न भएको छ ।’ ज्ञापनपत्रमा भनिएको छ ।

बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले २०७२ भदौ १२ मा सवारी चालक अनुमतिपत्र छपाइका लागि सहयोग र स्वीकृतिको अनुरोध गर्दै पत्र पठाएको भए पनि, मुद्रण विभागले हालसम्म कुनै जवाफ नदिएको उनीहरुको भनाइ छ ।

विभाग आफैं चुस्तरूपमा कार्य नगरेकाले, सुरक्षा मुद्रण ऐन, २०८१ को दफा ९(३) बमोजिम केन्द्रले गर्न नसकेको अवस्थामा तयार रहेको बागमती प्रदेशलाई सवारी चालक अनुमतिपत्र छपाइको अनुमति दिन आग्रह गरेका छन् । साथै, आगामी दिनमा हरेक प्रदेशमा पनि सोही ऐन अनुसार छपाइ कार्य स्थानीय तहमै सम्पन्न गर्न सक्ने व्यवस्था मिलाइदिन समेत अनुरोध गरेका छन् ।

khanepani