विरामिको मृत्यु भएपछि किष्ट अस्पताल तनावग्रस्त, प्रहरीद्वारा लाठीचार्ज र अश्रुग्यास प्रहार
वि.सं.२०८२ कात्तिक १० सोमवार १४:२०
shares

काठमाडौं । ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल अस्पतालको अवस्था तनावग्रस्त भएको छ ।
उपचारकाे क्रममा सुत्केरीको मृत्यु भएपछि अस्पताल परिसरमा मृतकका आफन्तले ढुंगामुढा गरेपछि प्रहरीले लाठिचार्ज गर्नुका साथै अश्रुयास समेत प्रहार गरेको छ ।
ठूलो संख्यामा खटिएको सुरक्षाकर्मीहरुले मृतकका आफन्तलाई ढुंगामुढा नगर्न आग्रह गर्दा उतेजित भीडले प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको छ ।
साथै प्रहरीलेअश्रुयास हानेकाे छ । सोक्रममा केही घाइते भएका छन् । प्रदर्शनकारीहरू ढुंगा बोकेर अस्पताल तोडफोड गर्न पुगेका थिए ।
प्रहरीले अस्पताल छेउछाउमा अश्रुयास ग्यास हानेको भन्दै स्थानीयहरु आक्रोशित भएका छन् । गत शुक्रबार अस्पतालमा मीना राईको मृत्यु भएपछि उनको आफन्तहरुले अस्पतालमा तोडफोड गरेका छन् ।























