काठमाडौं । सरकार र दलहरूसँग वार्ताका लागि पुगेका जेनजीहरूले आफ्ना मागहरू पूरा गर्न सरकारको...

पुरा पढ्नुहाेस्

मंसिर अन्तिम साता महाधिवेशन गर्ने तयारीमा, एमाले पार्टी सदस्य संख्या ६ लाख ६३ हजार कायम, चयनबारे सचिवालयले निर्णय गर्ने

455
shares
khanepani bord

काठमाडौं । मंसिर अन्तिम साता महाधिवेशन गर्ने तयारीमा जुटेको नेकपा एमालेमा पार्टी सदस्यता संख्या ६ लाख ६३ हजार कायम भएको छ ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार संगठन विभागले अपडेट गरेको यही पार्टी सदस्यहरुबाट महाधिवेशन प्रतिनिधि छनोट हुनेछन् । ‘महाधिवेशन प्रक्रियामा सामेल हुने पार्टी सदस्य संख्या कायम भएको छ । अब बाँकी निर्णय सचिवालय बैठकले गर्छ,’ उनले भने ।

आगामी हप्ता सचिवालय बैठक बस्ने तयारी भइरहेको पनि गौतमले बताए । ‘प्रतिनिधि छनोट लगायत महाधिवेशनको तयारीहरु सचिवालय बैठकले निर्णय गर्छ,’ गौतमले भने ।

तर पार्टी सदस्य संख्या भने लगभग टुंगिएको उनले बताए । ‘यस अघि ५ लाख ४० हजार पार्टी सदस्य थियौं,’ स्थायी कमिटी सदस्य गौतमले भने, ‘यसपटक २८ प्रतिशतले सदस्य संख्या बढाएका छौं ।’

khanepani