काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले शुक्रवार बोलाएको सर्वपक्षीय बैठकमा फागुन २१ को निर्वाचनकै...

पुरा पढ्नुहाेस्

कोशी प्रदेश सांसद भीम पराजुलीले छठ पूजाका क्रममा सडकमा घस्रिँदै गरे दण्ड प्रणाम यात्रा

1.51K
shares
khanepani bord

काठमाडौं । कोशी प्रदेश सांसद भीम पराजुलीले यस बर्षपनि छठ पूजाका क्रममा सडकमा दण्ड प्रणाम गर्दै यात्रा गरेका छन् ।

पराजुलीले विराटनगरस्थित राधाकृष्ण शिवपंचायन मन्दिरबाट परोपकारघाटसम्म करिब साढे ३ किलोमिटर दूरी दण्डवत गरी घस्रिंदै यात्रा गरेका हुन् । उनले मुलुकको शान्ति विकास र सम्बृद्धिका लागि कामना गरेर दण्ड प्रणाम यात्रा गरेको उल्लेख गरे ।

नेपालले पुनः वैदिक सनातन हिन्दु राष्ट्रको स्वरुप प्राप्त गरोस् भन्ने भावनासहित पूजा गर्दै आएको उनले बताए ।

विगत ३५ वर्षदेखि लगातार छठ पर्वका अवसरमा दण्डवत पूजा गर्दै आएका पराजुलीले यस वर्ष २८ औँ पटक घस्रिंदै छठ पूजा गरेका हुन् ।

khanepani