कोशी प्रदेश सांसद भीम पराजुलीले छठ पूजाका क्रममा सडकमा घस्रिँदै गरे दण्ड प्रणाम यात्रा
वि.सं.२०८२ कात्तिक १० सोमवार १३:५९
shares

काठमाडौं । कोशी प्रदेश सांसद भीम पराजुलीले यस बर्षपनि छठ पूजाका क्रममा सडकमा दण्ड प्रणाम गर्दै यात्रा गरेका छन् ।
पराजुलीले विराटनगरस्थित राधाकृष्ण शिवपंचायन मन्दिरबाट परोपकारघाटसम्म करिब साढे ३ किलोमिटर दूरी दण्डवत गरी घस्रिंदै यात्रा गरेका हुन् । उनले मुलुकको शान्ति विकास र सम्बृद्धिका लागि कामना गरेर दण्ड प्रणाम यात्रा गरेको उल्लेख गरे ।
नेपालले पुनः वैदिक सनातन हिन्दु राष्ट्रको स्वरुप प्राप्त गरोस् भन्ने भावनासहित पूजा गर्दै आएको उनले बताए ।
विगत ३५ वर्षदेखि लगातार छठ पर्वका अवसरमा दण्डवत पूजा गर्दै आएका पराजुलीले यस वर्ष २८ औँ पटक घस्रिंदै छठ पूजा गरेका हुन् ।























