बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट मुक्त भएका छौं : प्रधानमन्त्री
वि.सं.२०८१ माघ १८ शुक्रवार १४:०३
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार विश्वासको मत लिइरहनुपर्ने अवस्थाबाट सरकार मुक्त भएको बताएका छन् ।
आजबाट सुरु भएको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार फेरिररहने खेल अन्त्य भएको बताए ।
‘सत्ताको नाउमा प्वाल पारेर फुट्ट अर्कै सत्ता चलाउने र मुलुक र जनतालाई तिरस्कार गर्दै सत्ता पत्ता खेलिरहने विद्रुप प्रणालीमा अब बन्ध्याकरण भएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘संसद्समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट हामी मुक्त भएका छौं ।’






















