शहर र बस्तीमा सञ्चालित ग्रील उद्योगद्वारा वातावरण प्रदुषित

वि.सं.२०८२ असोज २३ बिहीवार ०९:४३
shares

काठमाडौं । देशभर सञ्चालनमा रहेका ग्रील तथा स्टील उद्योगद्वारा वातावरणका साथै ध्वनी प्रदुषण गरेको एक अध्ययनले देखाएको छ । देशभरको शहर, गाउँ र बस्तीभित्र खुलेआम सञ्चालन भएका अधिकाशं ग्रील तथा स्टील उद्योगहरुले विहानदेखि मध्यरातसम्म ध्वनी देखि वातावरण समेत प्रदुर्षण गरेको पाइएको छ ।
सरकारले ग्रील तथा स्टील व्यवसायीहरुलाई व्यवस्थित ढंगबाट र शहरी सौन्दर्यतालाई कायम राखी सञ्चालन गर्न गराउन नसक्दा अहिले शहर र बस्ती प्रदुषण हुनेक्रममा तीव्रता आएको छ । पटकपटक ग्रील व्यवसायीहरुलाई व्यवस्थीत रुपमा सञ्चालन गर्नु गराउनु पर्ने भन्दै सरोकारवालाहरुले जोड दिएपनि सो बारे स्वम् व्यवसायीहरुले समेत वेवास्ता गर्दै आएका छन् । ग्रील तथा स्टील व्यवसायी महासंघ नामक संस्थाबाट अहिले देशभर विभिन्न नाममा उद्योग सञ्चालन हुदै आएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघमा समेत आबद्ध भएको सो संस्थाले आफुलाई साना उद्योगीको रुपमा समेत चिनाउदै आएको छ ।
लामो समय ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष भएर बसेका मोहन कटुवालले अहिले भने अध्यक्षको जिम्मेवारी ठूलोबाबु श्रेष्ठलाई दिएका छन् । तर श्रेष्ठ अध्यक्ष भएपनि सवै निर्णय भने उनै कटुवालले गर्दै आएका छन् । सो महासंघको आर्थिकदेखि अन्य निर्णय समेत उनै कटुवालले गर्दै आएको उनी निकट व्यवसायीहरुले बताएका छन् । ग्रील र स्टीलकै नामबाट उनी शुन्यबाछ करोडपति समेत बनेको आरोप लगाइएको छ । मिडिया हाउस र केही पत्रकारहरुलाई हातमा लिएर उनी अनेकधन्दा समेत चलाउदै आएको आरोप समेत लागेको छ ।
उनी देशभर सञ्चालनमा रहेका ग्रील तथा स्टील उद्योगबाट मासिक, बार्षिक र आबश्यकता अनुसार रकम असुली गरि आफु अनुकुल खर्च गर्दै आएको समेत आरोप लगाइएको छ । उनी सरकारी कर्मचारीसंगको सेटिङ मिलाएरु ग्रील तथा स्टील व्यवसयीहरुले आयत गर्ने ठूला एवं साना मेसीन औजारहरुमा सरल तरिकाबाट न्यूनतम भन्सार शुल्कमा आयत गर्न पाउनु पर्ने भन्दै लागी परेका छन । तर उनको सो कार्यलाई भने जेन जी को आन्दोलनबाट भने ब्रेक लाग्न पुगेको छ । ग्रील तथा स्टील व्यवसायी महासंघमा ११ हजार व्यवसायीहरु आबद्ध रहेको बताइएको छ ।