चितवन । दूधको अभावमा बन्द रहेको चितवन मिल्क उद्योग डेरी र सहकारीहरुले दूध ल्याएपछि...

पुरा पढ्नुहाेस्

डोटीमा जिप दुर्घटना हुँदा ३५ बर्सिया लक्ष्मी कुमारी सलामीको मृत्यु

299
shares
khanepani bord

डोटी । डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको बडिकेदार गाउँपालिका-३ देवल भन्ने ठाउँमा मङ्गलवार बिहान जिप दुर्घटना हुँदा स्थानीय ३५ बर्सिया लक्ष्मी कुमारी सलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डोटीले जानकारी दिएको छ ।

कैलालीको सुखडबाट डोटीको देवलतर्फ सु.प.प्र.०१ ००१ च ४६५१ नम्बरको बोलेरो जिपको सापट भाँच्चिई सडकमा पल्टिई दुर्घटना भएको हो ।

कैलालीको घोडाघोडी नगरपालिका-८ मैनापोखरीका २७ बर्सिया सरोज विकले चलाएको जिपमा नौ जना यात्रु रहेकोमा अन्य सबै सकुशल रहेका छन् ।

घटनाको थप अनुसन्धानका लागि प्रहरी सहायक निरीक्षक पदम राज भट्टको कमान्डमा ४ जनाको टोली खटिएको प्रहरीले जनाएको छ ।

khanepani