काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन अगाडि पार्टीको महाधिवेशन गर्नुपर्ने...

पुरा पढ्नुहाेस्

बुटवल उपमहानगरपालिकाद्वारा तिहार तथा छठ पर्वमा प्लास्टिकको फूल बिक्री वितरण तथा प्रयोग नगर्न आग्रह

1K
shares
khanepani bord

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाद्वारा तिहार तथा छठ पर्वमा प्लास्टिकको फूल बिक्री वितरण तथा प्रयोग नगर्न आग्रह गरिएको छ ।

उपमहानगरपालिकाले सूचना जारी गर्दै स्थानीय फूल उत्पादनलाई प्रोत्साहित गर्न नगर क्षेत्रभित्र प्लास्टिकको फूल बिक्री, वितरण तथा प्रयोग नगर्न आग्रह गरेको हो ।

नगर प्रमुख खेलराज पाण्डेयले जारी गरेको सूचनामा स्थानीय उत्पादन तथा प्राकृतिक स्वदेशी फूलको उत्पादन एवं प्रवर्द्धन गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै उपमहानगरपालिकाले प्लास्टिकको फूलको प्रयोगले वातावरणमा क्षति हुने र माटोमा नकुहिने भएकाले वातावरणीय सौन्दर्यमा समेत नकारात्मक असर पर्ने भएकाले स्वदेशी फूलको मात्र प्रयोग गर्न आग्रह गरिएको छ ।

khanepani