चितवन । दूधको अभावमा बन्द रहेको चितवन मिल्क उद्योग डेरी र सहकारीहरुले दूध ल्याएपछि...

पुरा पढ्नुहाेस्

नेपाली कांग्रेस कार्यसम्पादन समिति स्थगित, केन्द्रीय समितिमा देउवाको सम्बोधन मात्रै हुने

234
shares
khanepani bord

काठमाडौँ । नेपाली कांग्रेसको बिहान ११ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसम्पादन समिति निर्धारित समयको साढे एक घण्टापछि स्थगित गरिएको छ ।

केन्द्रीय कार्यसम्पादन समिति बैठक स्थगित भएको सहमहामन्त्री महालक्ष्मी उपाध्यायले जानकारी दिइन् ।

कांग्रेसले मंगलबार नै एक बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । तर हालसम्म बैठक सुरु भएको छैन । बैठकमा सभापति शेरबहादुर देउवाले सम्बोधन गरेर स्थगित गरिने सहमहामन्त्री उपाध्यायले बताइन् । मंगलबार स्थगित गरिएको बैठक बिहीबार बस्ने र त्यसमा एजेन्डाबारे छलफल गर्ने तयारी छ ।

मंगलबार बिहान केन्द्रीय समिति बैठकबारे सभापति देउवासँग र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माले भेट गरेका थिए । एजेन्डाबारे उनीहरूले सभापतिसँग भेट गरेका देउवाको सचिवालयले जानकारी दिएको छ ।

केन्द्रीय समितिमा सभापतिको परामर्शमा महामन्त्रीहरूले एजेन्डा पेस गर्ने प्रचलन छ । त्यसबारे महामन्त्रीद्वयले सभापतिसँग छलफल गरेका बताइएको छ । तर, एजेन्डा तय भएका छैनन् ।

पदाधिकारी तथा केन्द्रीय कार्यसम्पादन समिति बैठक उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा बिहीबारदेखि निरन्तर बसे पनि एजेन्डा तय गर्न सकेको छैन । पार्टीको १५ औँ महाधिवेशन मंसिरभित्रै गर्ने कि केही समय पर सार्ने भन्ने विषयमा कुरा मिल्न सकेको छैन ।

जेनजीले भदौ २३ र २४ गते भएको आन्दोलनमा प्रदर्शनकारीहरूले सभापति देउवा दम्पतीमाथि घरमै आक्रमण गरेका थिए । त्यसयता देउवा सार्वजनिक रूपमा देखिएका छैनन् ।

khanepani