काठमाडौँ । न्याय सेवा आयोगले नेपाल न्याय सेवा अन्तर्गत न्याय, कानुन र सरकारी वकिल...

पुरा पढ्नुहाेस्

जेनजीसँग हुने भनिएको राष्ट्रपतिसहित प्रधानमन्त्री मन्त्रीहरुको वार्ता आज नहुने

377
shares
khanepani bord

काठमाडौं। सोमबार जेनजीसँग हुने भनिएको राष्ट्रपतिसहित प्रधानमन्त्री/मन्त्रीहरुको वार्ता नहुने भएको छ ।

राष्ट्रपति कार्यलयको फोन कुरेका जेनजी प्रतिनिधिले अहिलेसम्म कुनै खबर नआएको बताएका छन् ।

‘आज बस्ने भनिएको थियो, तर अहिलेसम्म केही खबर आएको छैन । फोन आयो भने जान्छौँ,’ एक जेनजी अगुवाले भने।

उता राष्ट्रप्रती कार्यलयले भने राष्ट्रपति अस्वस्थ भएपछि सोमबार बैठक नबोलाइएको बताएका छन् ।

‘अस्ती राष्ट्रपति बिरामी हुनु भयो। त्यसपछि सोमबार बस्ने भन्यौं,’ राष्ट्रपतिको सचिवालय स्रोतले भन्यो, ‘ तर, डाक्टरले केही दिन आराम गर्नु भन्नुभएको छ । त्यसैले अब एक दुईदिन पछि छलफलको लागि बोलाउछौं।’

khanepani