जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त एमाले कार्यालय पुनर्निर्माण गरिने,१० करोड रुपैयाँ लाग्ने अनुमान
वि.सं.२०८२ कात्तिक १२ बुधवार १०:२८
shares

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त नेकपा (एमाले) केन्द्रीय कार्यालयको पुनर्निर्माण गरिने भएको छ । यसका लागि १० करोड रुपैयाँ लाग्ने अनुमान कार्यालय सचिव डा. भीष्म अधिकारीले प्रस्तुत गरेका छन् ।
च्यासलमा रहेको एमाले कार्यालयलाई भदौ २४ गते आन्दोलनकारीले निशाना बनाएका थिए । त्यस क्रममा भएको आगजनी र तोडफोडले कार्यालय पूर्णरुपमा क्षतिग्रस्त बनेको छ ।
पार्टी केन्द्रीय सदस्य महेश बस्नेतका अनुसार विदेशमा रहेका युवाहरूले पुनर्निर्माणमा सहयोग गर्ने बताएका छन् ।
डा. अधिकारीलाई उद्धृत गर्दै उनले फेसबुकमा लेखेका छन्, ‘पार्टीले जलेकै भवनलाई पुनर्निर्माण गरेर पुनः पार्टी कार्यालयको रूपमा सञ्चालन गर्ने निर्णय गरेसँगै विभिन्न देशमा रहेका युवाहरूले फोन गरेर ‘कार्यालय हामी बनाइदिन्छौँ’ भन्ने प्रतिबद्धता जनाएका छन् ।’
ती युवाहरू को हुन् भन्न उनले खुलाएका छैनन् ।























