काठमाडौं । काठमाडौंको अनामनगरस्थित एक स्टुडियोमा युवतीले आत्मदाह प्रयास गरेकी छिन् । शनिबार दिउँसो...

पुरा पढ्नुहाेस्

सहसचिव भुसालको कमाण्डमा २४ सै घण्टा मनसुन पूर्वतयारी तथा प्रतिकार्यको निगरानी

3.61K
shares
khanepani bord

काठमाडौं । मनसुन सुरूदेखि अन्त्य नहुँदासम्म राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रमा कमाण्ड पोष्ट स्थापना गरिएको छ ।

गृहमन्त्रालयका सहसचिव एवं विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा. भिष्मकुमार भुसालको नेतृत्वमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट स्थापना भएको हो । जेठ १७ गते गृहमन्त्रालयले उपप्रधान एवम गृहमन्त्रीस्तरीय निर्णयको आधारमा निर्णय गरिएको मध्यनजर गर्दै यस्तो निर्णय गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी उपसचिव डिजन भट्टराईले जानकारी दिए ।

कमाण्ड पोष्टको सदस्यमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सहसचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव, जलस्रोत तथा सिँचाई विभागका महानिर्देशक, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, खानी तथा भूगर्भ विभागका महानिर्देशक सदस्य रहनेछन । यस्तै नेपाली सेनाको विपद् व्यवस्थापन हेर्ने सहायक रथी, नेपाल प्रहरी विपद व्यवस्थापन हेर्ने प्रहरी नायव महानिरीक्षक (डीआईजीपी), सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन हेर्ने सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजीपी), राष्ट्रिय अनुसन्धान विभागका विपद् व्यवस्थापन हेर्ने अनुसन्धान अधिकृत सदस्य रहनेछन् भने गृह मन्त्रालयको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखा प्रमुख उपसचिव रमा आचार्य सदस्य सचिव छन् ।

गत बैशाख ४ गते बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २३ औँ बैठकले प्राधिकरणका सहसचिव बसन्त अधिकारीको संयोजकत्वमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०८१ तर्जुमा गर्न गठन भएको कार्यदलले निर्माण गरी पेश गरेको मनसुन पूर्वतयारी ता प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१ लाई आवश्यक संशोधनसहित स्वीकृत गरेको थियो ।

यस्तै सबै मन्त्रालय, विभाग तथा अन्य सम्वद्ध निकायलाई कार्यान्वयनका लागि निर्देशन दिने र प्रदेश सरकार तथा स्थानीय तहलाई आफ्नो भूमिका अनुसार कार्य गर्न अनुरोध गर्ने निर्णय पनि गरेको पत्रकार सम्मेलनमा जनाएको हो ।

khanepani