काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ६ महिनाभित्र निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई शान्तिपूर्ण रूपमा...

पुरा पढ्नुहाेस्

काभ्रेको पाँचखालमा सञ्चालन गरिएको बृहत स्वास्थ्य शिविरमा : १ हजार ७७४ जनाले गरे स्वास्थ्य परीक्षण

325
shares
khanepani bord

काभ्रेपलाञ्चोक । काभ्रेको पाँचखालमा सञ्चालन गरिएको बृहत स्वास्थ्य शिविरमा १ हजार ७७४ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।

पाँचखाल नगरपालिका र निजामती कमचारी अस्पताल (सिभिल) को आयोजनामा स्वास्थ्य शिविर सञ्चालन भएको पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेलले जानकारी दिए ।

वार्षिक रूपमा नगर र अस्पतालको सहकार्यमा हुने परीक्षणमा सबैभन्दा बढी हाडजोर्नी तथा नसा रोगमा ४ सय ३३ जनाको स्वास्थ्य परीक्षण भएको उनले बताए ।

दुईदिने स्वास्थ्य परीक्षणमा ३ हजार ५७४ जना सहभागी भए पनि स्वास्थ्यगत रूपमा उक्त संख्याका बिरामीलाई प्रत्यक्ष सेवा दिइएको पाँचखाल नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख कोपिला कार्कीले जानकारी दिइन् ।

विशेषज्ञ सहितको स्वास्थ्य परीक्षणमा निजामती कमचारी अस्पतालबाट हाडजोर्नी विशेषज्ञ डा. संजीव शर्मा र डा. अंकित जैसवाल, फिजियोथेरापिष्ट रञ्जिव कोइराला, सर्जरी डा. इनेश सिवाकोटी, रेडियोलोजिष्ट डा. शरद पन्थी र प्रज्वल नेपालले बिरामीहरूको स्वास्थ्य जाँच गरेका थिए ।

यसैगरी इन्टरनल मेडिसिन डा. जेनर कुरुङवाङ, जगमोहन वस्ती, आँखा विशेषज्ञ डा. प्रज्ञा बस्नेत, फेमिली मेडिसिन डा. रमेश पन्त र डा. बन्दना थापा, डेन्टल सर्जन डा. सुवास बन्जाडे र राजकुमार पासवान, मानसिक रोग डा. अरविन्द भुसाल, बालरोग डा. दीपा ढकाल, नाक, कान र घाँटी डा. अपार पोखरेल, प्रसूति तथा स्त्रीरोग डा. इशा श्रेष्ठ र डा. समृद्धि लामिछाने लगायतले पनि बिरामीको स्वास्थ्य जाँच गरेका थिए ।

khanepani