काठमाडौं । काठमाडौंको अनामनगरस्थित एक स्टुडियोमा युवतीले आत्मदाह प्रयास गरेकी छिन् । शनिबार दिउँसो...

पुरा पढ्नुहाेस्

कांग्रेस पुनर्गठन गरेर आगामी निर्वाचनमा बहुमत ल्याउन प्रदीप पौडेलको प्रस्ताव (पूर्णपाठ)

‘इतिहासले फेरी नेपाली कांग्रेसलाई एउटा सुनौलो तर चुनौतीपूर्ण अवसर दिएको छ । त्यसै तथ्यलाई आत्मसात् गर्दै पार्टी रूपान्तरणका लागि तत्काल (आम निर्वाचन अगाडि) नै पार्टीको नेतृत्व परिवर्तन गर्नु अहिलेको टड्कारो आवश्यकता हो । अहिलेको विशेष परिस्थितिको सम्बोधन पनि विशेष ढङ्गबाट गरिनु पर्दछ । यसलाई नियमित घटना तथा अवस्थाको रूपमा मात्र लिने सुविधा हामीलाई उपलब्ध छैन ।’

299
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले पार्टी पुस्तान्तरणसहित रूपान्तरणको प्रस्ताव अघि सारेका छन्। जारी केन्द्रीय समिति बैठकमा पार्टी पुनर्गठनको लागि ५१ पृष्ठ लामो प्रस्ताव राखेका हुन्।

प्रस्तावमा भनिएको छ, ‘योगदानको कदर गर्दै सबैलाई उचित भूमिका दिँदै नयाँ पुस्तामा नेतृत्व हस्तान्तरणको स्वभाविक प्रक्रियालाई कार्यान्वयनमा ल्याउन ढिला गर्न हुँदैन । नेतृत्व पुरानो पुस्ताबाट नयाँ पुस्तामा सर्ने विषय प्राकृतिक कुरा हो, सास्वत सत्य हो ।’
पु

रानो पुस्ताले अस्वभाविक लामो समय नेतृत्व गरिरहने हो भने समाजमा नयाँ पुस्ताको भूमिका कमजोर बन्न गई समग्र स्थानान्तरण तथा विकास प्रक्रिया नै अवरुद्ध हुन पुग्ने उल्लेख छ।

प्रस्तावमा भनिएको छ, ‘नेतृत्व हस्तान्तरण प्राकृतिक न्यायको सिद्धान्तभित्र पनि पर्दछ । त्यसैले सम्मानजनक ढङ्गबाट नेतृत्व पुरानो पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरण गरौँ । हामी विभाजित भयौँ, एकले अर्कालाई कमजोर बनाउन शक्ति खर्च गयौँ र मुलुकको आवश्यकता तथा जनभावना बमोजिम पार्टीमा स्थानान्तरण गरेनौँ भने नेपाली कांग्रेसमा तीव्र क्षयीकरण सुरु हुनेछ जसलाई भविष्यमा सुधार्न असम्भव प्रायः हुनेछ। त्यसैले समयमै उचित निर्णय लिन विगतमा जस्तै नेपाली कांग्रेसको नेतृत्व सक्षम हुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।’

आगामी दिनमा तिन तहकै सरकारमा वडा सदस्यदेखि प्रधानमन्त्री तथा राष्ट्रपतिसम्म निश्चित पटक मात्र दोहरिएर पदमा रहन पाउने व्यवस्था मिलाउनु पर्ने उनको माग छ।

प्रस्तावमा भनिएको छ, ‘पार्टीमा पनि जुनसुकै पदमा दोहरिनका लागि निश्चित सीमा तोक्नु पर्दछ । यसो हुन सकेमा मात्र पछाडि रहेका व्यक्तिमा पनि आफू नेतृत्वमा पुग्न सक्ने विश्वास जागृत हुनेछ । आम नेपाली जनताको अभिमत, २३ र २४ भदौको जनादेश, नयाँ पुस्ताको चाहना, मुलुकको आवश्यकता र नेपाली कांग्रेसका तमाम समर्थकहरूको भावनालाई आत्मसात् गर्दै पार्टीलाई नयाँ नेतृत्वमार्फत रूपान्तरण गरी जान सकेमा मात्र आगामी आमनिर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याउने बलियो सम्भावना छ ।’

जेनजी विद्रोहले कम्युनिस्ट दृष्टिकोणलाई अस्वीकृत गर्दै जनउत्तरदायी प्रजातान्त्रिक शक्तिको माग गरेको उनको बुझाइ छ।

प्रस्तावमा भनिएको छ, ‘इतिहासले फेरी नेपाली कांग्रेसलाई एउटा सुनौलो तर चुनौतीपूर्ण अवसर दिएको छ । त्यसै तथ्यलाई आत्मसात् गर्दै पार्टी रूपान्तरणका लागि तत्काल (आम निर्वाचन अगाडि) नै पार्टीको नेतृत्व परिवर्तन गर्नु अहिलेको टड्कारो आवश्यकता हो । अहिलेको विशेष परिस्थितिको सम्बोधन पनि विशेष ढङ्गबाट गरिनु पर्दछ । यसलाई नियमित घटना तथा अवस्थाको रूपमा मात्र लिने सुविधा हामीलाई उपलब्ध छैन ।’

अहिलेको संकट मोचनको पहिलो काम भनेको सबैको सम्मान हुने गरी नेतृत्व परिवर्तन नै भएको भन्दै दुई वटा विकल्प प्रस्तुत गरेका छन्।

khanepani