काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ६ महिनाभित्र निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई शान्तिपूर्ण रूपमा...

पुरा पढ्नुहाेस्

भदौ २४ को जेनजी आन्दोलनका क्रममा कागजपत्र जलेका जग्गाधनीलाई रुपन्देहीले स्रेस्ता कायम गराउन आग्रह

416
shares
khanepani bord

रुपन्देही । जेनजी आन्दोलनमा कागजपत्र जलेका जग्गाधनीलाई मालपोत कार्यालय बुटवल रुपन्देहीले स्रेस्ता कायम गराउन आउन आग्रह गरेको छ ।

भदौ २४ को जेनजी आन्दोलनका क्रममा मालपोत बुटवलमा तोडफोड र आगजनीबाट हजारौं जग्गाधनीका स्रेस्ता जलेर नष्ट भएका थिए । कार्यालयका अनुसार यहाँ रहेका सबै कागजपत्र त जलेका छैनन् तर धेरै स्थानीयलाई यो विषयमा जानकारी छैन ।

‘भदौ २३ र २४ गते जेनजी समूहद्वारा गरिएको आन्दोलनको क्रममा भदौं २४ गते अज्ञात समूहद्वारा यस कार्यालयमा आगजनी गरी साविक गजेडी, मक्रहरका सम्पूर्ण जग्गाको स्रेस्ता–अभिलेख, आनन्दवन तथा सेमलारको गुठी सम्बन्धी जग्गाको स्रेस्ता–अभिलेख र विभिन्न समयमा सुकुम्वासी आयोगबाट वितरित बुटवल, आनन्दवन, गजेडी, सेमलार, मक्रहर, परोहा, दुधराक्ष, करहिया, केरवानी गाविसको जग्गाका स्रेस्ता–अभिलेख जलेर पूर्ण रुपमा क्षति भएको छ ।’ कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

मालपोतले सो सम्बन्धमा उक्त स्रेस्ता तथा अभिलेखलाई साविक बमोजिम तयार गर्न र नियमित रुपमा कार्यसञ्चालन गर्ने–गराउने सम्बन्धमा मालपोत ऐन, २०३४, मालपोत नियमावली, २०३६, भूमि प्रशासन निर्देशिका, २०८१ तथा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको भदौ २४ को परिपत्रमा भएको व्यवस्था बमोजिम जग्गाधनीलाई प्रमाणसहित स्रेस्ता कायम गराउ आउन आग्रह गरेको छ ।

मालपोतले स्रेस्ता कायम गराउन आउँदा नागरिकताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि, जग्गा रहेको स्थानीय तहबाट जोतभोग सिफारिस, जग्गाधनीसँग रहेको सक्कल जग्गाधनी प्रमाण पुर्जा तथा लिखत, चालु आर्थिक वर्षको तिरो बुझाएको रसिद, आवश्यकताअनुसार ३५ दिने सार्वजनिक सूचना, स्थलगत सर्जमिन तथा कार्यालयले आवश्यक देखेका अन्य प्रमाण पेस गर्न भनेको छ ।

khanepani