काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ६ महिनाभित्र निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई शान्तिपूर्ण रूपमा...

पुरा पढ्नुहाेस्

नेपाली कांग्रेसको बैठकमा माग, तत्काल १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरियोस्

351
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले जेनजीको माग सम्बोधन गर्नको लागि पार्टी तत्काल ‘आन्तरिक सुशासन आयोग’ गठन गर्नुपर्ने प्रस्ताव अघि सारेकी छन्।

सानेपामा जारी केन्द्रीय समिति बैठकमा ६ बुँदे धारणा राख्दै आयोगले जनप्रतिनिधिहरूको विगतको प्रवृत्ति समीक्षा गर्दै, निश्चित मापदण्डका आधारमा अनुगमन गरी प्रोत्साहन, चेतावनी र कारबाही सिफारिस गर्ने अधिकार राख्नुपर्ने बताइन्।

बैठकले पार्टीको सबै तहमा प्रतिस्पर्धा मार्फत जेनजी उमेर समूहको प्रतिनिधित्व सुनिश्चित गराउने प्रावधान व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।
देशभरिबाट महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै पार्टीलाई निवेदन बुझाइ सकेको उल्लेख गरिन्।

उनले भनिन्, ‘उहाँहरूको भावनाको सम्मान गर्दै परम्परागत दलबाट आधुनिक दलका रूपमा नयाँ उर्जाका साथ अघि बढ्न, हामीले आउँदो मंसिर महिना भित्रै नियमित १५ औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गर्नुपर्छ।’

जेनजी आन्दोलनको रापतापमा प्रतिनिधि सभा विघटन गरिएको भएपनि राष्ट्रपतिले जुक्ति लगाएर संविधानलाई जोगाएको र मुलुकलाई निकास दिएको बताइसकेको उल्लेख गरिन्।

उनले भनिन्, ‘अब मुख्य प्रश्न प्रतिनिधि सभा विघटन संविधान सम्मत थियो कि थिएन भन्ने होइन। किन झन्डै दुई तिहाइ बहुमत भएको सरकार सडक आन्दोलनबाट दुई दिन मै सत्ताच्युत भयो भन्ने हो। फागुन २१ गते तोकिएको मितिमा मध्यावधि चुनाव हुन नसकेमा मुलुक अर्को संवैधानिक तथा सुरक्षा संकटमा फस्ने निश्चित छ। त्यसैले प्रतिनिधिसभा निर्वाचनलाई सुनिश्चित बनाउँदै लोकतान्त्रिक संविधानलाई सहज मार्गमा अघि बढाउने कार्यमा कांग्रेस अग्रसर हुनुपर्छ।’

khanepani