काठमाडौं । काठमाडौंको अनामनगरस्थित एक स्टुडियोमा युवतीले आत्मदाह प्रयास गरेकी छिन् । शनिबार दिउँसो...

पुरा पढ्नुहाेस्

अग्नि र सांसद दोङ बचाउन गृहमन्त्रीको राजीनामाबाट माओवादी ब्याक सरेको ज्ञानेन्द्र शाहीको आरोप

2.18K
shares
khanepani bord

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक सरकारसँग लेनदेन गरेर माओवादी केन्द्र भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाबाट ब्याक भएको आरोप लगाएका छन् ।

सर्वोच्च अदालतको फैसलापछि माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटा पक्राउ पर्ने डरले संसद् खोल्न माओवादी लचिलो भएर तयार भएको देखिएको उनको आशंका छ ।

उनले फेसबुकमा लेखेका छन्, ‘गृहमन्त्री रमेश लेखक र नारायणकाजी श्रेष्ठबीच भेटघाट, भिजिट भिसामा गृहमन्त्रीलाई बचाउने । सरकारले माओवादी नेताहरू अग्नि सापकोटा र सांसद सूर्यमान दोङलाई पक्राउ नगर्ने, गृहमन्त्रीको राजीनामाबाट पछाडि हट्यो माओवादी । शक्ति र सत्ता कति शक्तिशाली हुन्छ भन्ने उदाहरण हो ।’

उनले देशका विधिको शासन हुन्छ भन्नेहरूलाई यही उदाहरण हेर्न आग्रह गरेका छन् ।

शाहीले थपेका छन्, ‘अनि कसरी विधिको शासन हुन्छ अनि देशमा विधिको शासन छ भन्दै केही साथीहरू कराउँदै उफ्रिरहेका छन् । त्यही भएर भन्छु। अवस्था सुधार्न व्यवस्था सुधार गर्नैपर्छ ।’

khanepani