काठमाडौं । काठमाडौंको अनामनगरस्थित एक स्टुडियोमा युवतीले आत्मदाह प्रयास गरेकी छिन् । शनिबार दिउँसो...

पुरा पढ्नुहाेस्

अर्थमन्त्री बिष्णुप्रसाद पौडेलको विश्वास : बजेट यथार्थपरक छ, ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल हुन्छ

1.96K
shares
khanepani bord

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आफूले ल्याएको बजेट यथार्थपरक रहेको बताएका छन् । बजेटले लिएको ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल हुने दृढता उनले व्यक्त गरे ।

आज संसद वैठकमा बजेटका सम्वन्धमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री पौडेलले सिथिलतामा रहेको अर्थतन्त्रलाई वर्तमान सरकारले चलायमान बनाएको दावी गरे ।

उनले भने, ‘हामीले शिथिलतामा रहेको अर्थतन्त्रलाई चलायमान गराएर समस्त परिसुचकहरुमा सकारात्मक सुधार भएको छ । बजेटमा स्रोतको व्यवस्थापन र खर्चको बाँडफाँड यथार्थपरकरुपले गरिएको छ । त्यसैले बजेटले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल हुन्छ भन्नेमा म विश्वस्त छु । यो असम्भव छैन । हाम्रो सामथ्र्यको सीमाभित्र छ ।’

अर्थमन्त्री पौडेलले यसपटक अर्थतन्त्रको सामथ्र्यका दृष्टिकोणले सहज नरहेको उनले बताए । तथापि चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूँजिगत खर्च १७ प्रतिशत बढी गरिएको उनले स्मरण गराए । साधारण खर्च घट्ने र पूँजिगत खर्च बढ्ने सिलसिलालाई ब्रैक लगाउनैपर्ने मन्त्री पौडेलको भनाइ थियो ।

khanepani