काठमाडौं । निजी बैंकहरुले सर्वसाधारणदेखि राज्यको पैसासमेत दोहन गरिरहेका कारबाही गर्ने नेपाल राष्ट्र बैक...

पुरा पढ्नुहाेस्

इजरायलद्वारा अल जजिराका ६ जना पत्रकार र सहकर्मीको हत्या

1.51K
shares
khanepani bord

एजेन्सी । इजरायलले अलजजिराका ६ जना पत्रकार र सहकर्मीहरूको हत्या गरेको छ । इजरायली सेनाले रिपोर्टर अनस अल-शरीफलाई हमास सेलको नेतृत्व गरेको आरोप लगाएपछि निशाना बनाएको बताएको छ।

आफ्ना पत्रकारको हत्यापछि अल जजिराले ‘गाजाका सबैभन्दा साहसी पत्रकारहरू मध्ये एक अनस अल शरीफलाई उनका सहकर्मीहरूको हत्या गर्नु गाजामा कब्जा गर्नु अघि उठेका आवाजहरूलाई दबाउने हताश प्रयास हो ।’ भनेको छ ।

बीबीसीले भने ५ जना अलजजिराका पत्रकारहरुको हत्या भएको उल्लेख गरेको छ । बीबीसीका अनुसार संवाददाता अनस अल शरीफ र मोहम्मद क्रेकेह, साथै क्यामेराम्यान इब्राहिम जहेर, मोहम्मद नौफल र मोमेन अलिवाको हत्या भएको हो ।

अलजजिराले हमलामा जम्मा सात जनाको मृत्यु भएको र आफ्ना ६ सहकर्मी मारिएको बताएको छ ।

khanepani