काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ६ महिनाभित्र निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई शान्तिपूर्ण रूपमा...

पुरा पढ्नुहाेस्

नयाँ राजनीतिक दल निर्माण गर्ने जेनजी अभियन्ता मिराज ढुंगानाको घोषणा, वार्ता समिति गठन

416
shares
khanepani bord

काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले नयाँ राजनीतिक दल निर्माण गर्ने घोषणा गरेका छन् । यसका लागि वार्ता समिति समेत गठन भएको उनले जानकारी दिए ।

सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्दै ढुंगानाले ‘गरिखान देउ’ अभियानमार्फत दल निर्माणमा होमिन लागेको बताए । जेनजी आन्दोलनले देशमा नयाँ अवसर लिएर आएको र राजनीतिक पार्टी खोल्नैपर्ने अवस्था उत्पन्न भएको उनको भनाइ छ ।

तर अहिलेकै स्थितिमा निर्वाचनमा भाग नलिने ढुंगानाले बताए । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी, विदेशमा भएका नेपालीलाई मताधिकार र भ्रष्टाचार नियन्त्रणका लागि नागरिक तहको संरचना बन्नुपर्ने शर्त प्रस्तुत गरेका छन् ।

‘आमूल परिवर्तन ल्याउन डटेर लाग्ने अठोटसहित पार्टी गठनका लागि वार्ता समिति बनाएका छौं । तपाई।हरु आजैबाट यसमा जोडिन सक्नुहुन्छ । देशले निकास खोजिरहेको छ । यसमा हामी आफूलाई जिम्मेवार ठान्छौं । निकास दिलाएरै छोड्छौं ।’ उनले भने ।

ढुंगानाले कात्तिक १ गते एभरेस्ट होटलमा प्रेस मिट गर्ने जानकारी पनि दिए ।

khanepani