काठमाडौं । काठमाडौंको अनामनगरस्थित एक स्टुडियोमा युवतीले आत्मदाह प्रयास गरेकी छिन् । शनिबार दिउँसो...

पुरा पढ्नुहाेस्

नेपाल शिक्षक महासङ्घले आज ५ वटा राजनीतिक दलको कार्यालयमामा धर्ना दिने

1.4K
shares
khanepani bord

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आज ५ वटा राजनीतिक दलको कार्यालयमामा धर्ना दिने भएको छ। बिहान ११ बजेदेखि १ बजेसम्म चल्ने यो कार्यक्रममा सहभागी हुने महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षकहरूलाई अनुरोध समेत गरेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीको कार्यालय बबरमहल हुने कार्यक्रमको संयोजन अध्यक्ष सुवेदीले गर्ने भएका छन् । त्यस्तै जनमत पार्टीको कार्यालयमा हुने कार्यक्रमको संयोजन सहअध्यक्ष नानुमाया पराजुलीले गर्ने बताइएको छ ।

जनता समाजवादी पार्टीको कार्यालयमा हुने कार्यक्रमको संयोजन उपाध्यक्ष पुष्प कुँवरले गर्नेछन् भने नागरिक उन्मुक्ति पार्टीको कार्यालयमा हुने कार्यक्रमको संयोजन ८महासचिव तुलाबहादुर थापाले गर्नेछन् । राष्ट्रिय जनमोर्चा कार्यालयमा हुने कार्यक्रमको संयोजन सचिव कल्पना पनेरुले गर्नेछिन् ।

धर्ना कार्यक्रमको मुख्य उद्देश्य पार्टीहरूलाई शिक्षकहरूको मागप्रति ध्यानाकर्षण गराउनु रहेको महासंघले बताएको छ ।

khanepani