खानेपानी मन्त्रालय अनियमितता र भ्रष्टाचारको अखडा, प्रशासनका ठालुहरु जेल जानसक्ने संकेत ?
खुलेआम भ्रष्टाचार र अनियमितता हुदाँ समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भ्रष्टाचार गर्दिन र भ्रष्टाचार गर्न दिन्न भन्ने प्रधानमन्त्री केपी शर्मा वली समेत भ्रष्टाचारमा डुबेको समाचार स्रोतको दावी रहेको छ ।

वि.सं.२०८२ भदौ १९ बिहीवार १०:३४
shares

काठमाडौं । खानेपानी मन्त्री प्रदिप यादव, सचिव प्रमिला बज्राचार्य शाक्यसहित मन्त्रालयको टिमले खानेपानीको क्षेत्रलाई तहसनहस बनाउने तयारीका साथ काम गरिरहको समाचार स्रोतको दावी छ ।
अनाबश्यक सामानको खरिद गर्न खरिदका मापदण्ड नै परिवर्तन गर्ने, दरवन्दी नभएका कार्यालय आयोजना, सस्थान, बोर्ड र विभागहरुमा नयाँ दरवन्दी थपगरि आफ्ना मानिस भर्ना गर्ने, सहसचिवको दरवन्दी भएका ठाउँमा उपसचिवलाई प्रमुख बनाउने, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को दरवन्दी भएका ठाउँमा नेपाल सरकारका कर्मचारीहरुलाई बलजफ्ती सरुवा गर्ने, आफ्ना हनुमानहरुलाई खोजी खोजी अतिरिक्त आम्दानी हुने ठाउँमा सरुवा गरि अख्तियार दूरुपयोग हुने सयौ काम गर्दा समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोग बेखवर रहेको छ । आयोगकै कर्मचारीहरु र आयुक्तहरुलाई सेटिङ्ग गरेर काम भइरहेको समाचार स्रोतले दावी गरेको छ ।
मन्त्रालयहरुका यसरी अतिरिक्त अर्थ खर्च गर्न नसक्ने कर्मचारीहरुमाथि महाभ्रष्टाचारी कर्मचारीले थिचोमिचो गर्दा समेत नेपाल सरकारका मुख्यसचिव मुखदर्शक हुनले, यो युगकै बद्नाम भएको छ ।
खानेपानी मन्त्री प्रदिप यादवले आफैले ५ महिना अगाडि नियुक्ती गरेका संस्थानका प्रमुखलाई उनले भनेको ठेकेदारलाई कानूनी प्रक्रिया भन्दा बाहिर गएर काम नदिएको शाखा शाखाबाट कमिशन उठाएर नबुझाएको झोकमा हटाउने प्रक्रियाका लागि भन्दै समिति गठन गर्ने, बयान लिने, केरकार गर्ने काम गदै आएका छन ।
यसका लागि कानूनकी उपसचिव मुना राउतलाई दवाव दिईरेका छन । उनले पनि कानून मन्त्रालयका पूर्व सचिव उदयराज सापकोटालाई खानेपानीका सबै गोप्य कागजपत्र पठाउने गरेको खानेपानी मन्त्रालय स्रोतले दावी गरेको छ । कतिपय निर्णयहरु आर्थिक विषयमा जोडिएको भएपनि अर्थको राय नलिईकन कानूनको राय लिएर मन्त्रीले राउतलाई बलिको बोको बनाउने पक्का जस्तै देखिएको छ । यसका लागि प्राविधिक मन्त्रालय भएपनि मन्त्रीको कोपभाजनमा परेका खानेपानी मन्त्रालयका प्राविधिक सहसचिवहरु निरिह जस्तै भएका छन । त्यो मन्त्रालय हाल तीन जना मन्त्रीहरुले संचालन गरिरहेको समाचार स्रोतले दावी गरेको छ ।
मन्त्री प्रदिप यादवसहित दुई जना प्रशासनका राज्य मन्त्री र सहायक मन्त्रीले संचालन गरिरहेको समाचार स्रोतले दावी गरेको छ । प्रशासनका दुई जना कर्मचारी (यी दुई जना कर्मचारीलाई मन्त्रालय परिसर भित्र मन्त्री भनि छेडखानी गरिन्छ) मन्त्रीद्धयहरु निकटभविष्यमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगको तातो भात खान जाने निश्चित रहेको पनि समाचार स्रोतले दावी गरेको छ ।
मन्त्रीका सचिवलयका कर्मचारीहरु र प्रशासनका यी कर्मचारीहरुले कर्मचारीहरुको सरुवा, पदस्थापना र करारका कर्मचारीहरुको भर्नामा व्यापक अनियमितता गरिरहेको समाचार स्रोतले दावी गरेको छ ।
अनामनगरको होटलहरुमा कर्मचारीहरुको सरुवा, थमौतीको डिल हुने गरेको पनि समाचार स्रोतले दावी गरेको छ । अकुत धन आर्जन गर्नेहरुमा खानेपानी मन्त्री प्रदिप यादव, मन्त्रालयका सहसचिव र उपसचिव (राज्य मन्त्री र सहायक मन्त्री भनि संबोधन हुने) अयोजना निर्देशनालयका सिडिईहरु विकेश, अमित, सुजता, गणेश प्रसाद चालिसे लेखाका उपसचिव र मधुले घरमै करोडौ पैसा राखेको समाचार स्रोतको दावी छ । उनीहरुको घर वा उनीहरुका आफ्नतको घरमा छापा मार्ने हो भने समाचारको पुष्टिहुने पनि समाचार स्रोतले दावी गरेको छ ।
गत आर्थिक बर्षमा काम गरेको अतिरिक्त आम्दानी बापतको पैसा आयोजनाका कर्मचारीहरुले मन्त्रालय देखि प्रधानमन्त्रीको कार्यालयसम्म पुर्याउन गएको पनि समाचार स्रोतले दावी गरेको छ ।
यसरी खुलेआम भ्रष्टाचार र अनियमितता हुदाँ समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भ्रष्टाचार गर्दिन र भ्रष्टाचार गर्न दिन्न भन्ने प्रधानमन्त्री केपी शर्मा वली समेत भ्रष्टाचारमा डुबेको समाचार स्रोतको दावी रहेको छ ।