काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ६ महिनाभित्र निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई शान्तिपूर्ण रूपमा...

पुरा पढ्नुहाेस्

अर्थमन्त्री शर्माकाे गुनासाे- पहाड खनेर ढुंगा बिक्री गरौं भन्दा देश बिक्री गरेको आरोप लाग्छ

3.54K
shares
khanepani bord

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पहाड खनेर ढुंगा बिक्री गरेर देशको अर्थतन्त्र अघि बढाऔं भन्दा देश बिक्री गरेको आरोप लाग्ने गुनासो गरेका छन् ।

आज नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनमा सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो गुनासो गरेका हुन् ।

उनले भने, ‘आफ्नो देशमा भएको स्रोत साधनको प्रयोग नगरी कुनै पनि देशमा लगानी वृद्धि र पूँजी निर्माण भएको छैन् । सरकारले वैदेशिक ऋण मात्रै कति लिने ? देशभित्र नै भएको ढुंगा बिक्री गर्न नपाउने तथा काठ काट्न नपाउने ? देशको भएको स्रोत प्रयोग गर्न नपाउने अनि कसरी देशको विकास हुन्छ ।’

हेजिङको विषयमा नेपाल राष्ट्र बैंक र कर्मचारीले नबुझेकाले पनि नेपालमा ठूला परियोजना ल्याउन समस्या भएको उनको भनाई छ ।

पहाड खनेर अर्थतन्त्र उकास्न भूमिका खेल्नुपर्ने प्रस्ताव पूर्वअर्थमन्त्री विष्णु पौडेलले गर्दा विरोध भएको थियो । अहिले अर्थमन्त्री शर्मा त्यही विषयको प्रस्ताव गरेका हुन् ।

khanepani