काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ६ महिनाभित्र निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई शान्तिपूर्ण रूपमा...

पुरा पढ्नुहाेस्

भारतीय सेना प्रमुख उपेन्द्र द्वीवेदी र नेपाली सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप जङ्गबिच भेटवार्ता

494
shares
khanepani bord

काठमाडौँ । भारतीय सेना प्रमुख उपेन्द्र द्वीवेदी र नेपाली सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप जङ्गबिच द्विपक्षीय भेटवार्ता भएको छ । भारतमा आयोजना भएको संयुक्त राष्ट्रसङ्घीय सेना योगदानकर्ता देश प्रमुखहरूको सम्मेलन २०२५ लाई सम्बोधन गर्न त्यहाँ पुगेका जनरल जङ्ग र भारतीय सेना प्रमुख द्वीवेदीबिच शुक्रबार साइडलाइन वार्ता भएको हो ।

दुई जनाबिच भएको छलफलमा रक्षा सहयोगलाई सुदृढ पार्ने, संयुक्त प्रशिक्षण कार्यलाई अगाडि बढाउने र संयुक्त राष्ट्र शान्ति स्थापना कार्यको सहकार्यलाई प्रवर्द्धन गर्ने विषयमा कुराकानी भएको भारतीय सेनाले जनाएको छ ।

भेटमा दुवै पक्षले नियमित रक्षा संवाद र संस्थागत आदानप्रदानप्रति आफ्नो प्रतिबद्धतालाई दोहोर्‍याउँदै दुई छिमेकी देशका सेना बिचको स्थायी साझेदारी र साझा मूल्यहरूलाई कायम राख्ने प्रतिबद्धता जनाइएको बताइएको छ ।

khanepani