काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ६ महिनाभित्र निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई शान्तिपूर्ण रूपमा...

पुरा पढ्नुहाेस्

शेर्पा संघको अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा, कुन दलबाट कसको दाबी ?

2.09K
shares
khanepani bord

काठमाडौं । नेपाल शेर्पा संघको सातौँ महाधिवेशनबाट नयाँ नेतृत्वका लागि दलीय उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

असार १ र २ गते हुने महाधिवेशनका लागि अध्यक्षमा तीन जनाले उम्मेदवारी घोषणा गरेका छन् ।

स्वतन्त्र उम्मेदवार तेन्जी शेर्पा, नेकपा एमाले समर्थित ङवाङ सोनाम शेर्पा र नेपाली कांग्रेस समर्थित लाक्पा ठिलेन शेर्पा प्रतिस्पर्धामा उत्रिएका छन् । कांग्रेसकै आङटेण्डी शेर्पाले समेत अध्यक्षमा दाबी गरेका छन् ।

हाल उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका स्वतन्त्र उम्मेदवार तेन्जी शेर्पाले १६ बुँदे घोषणापत्रसहित उम्मेदवारी घोषणा गरेका छन् । उनले सार्वजनिक रूपमा संघ कुनै पनि पार्टीको शाखा बन्नु हुँदैन भन्ने अठोट दोहोर्‍याउँदै आएका छन् ।

एमालेको समर्थनमा उम्मेदवार बन्न लागेका ङवाङ सोनाम शेर्पा संघको महासचिवको भूमिका निर्वाह गरिसकेका वरिष्ठ उपाध्यक्ष हुन् । उनी विगतमा सहमतिको आधारमा अध्यक्ष पदबाट पछि हटेर वरिष्ठ उपाध्यक्ष बनेका थिए ।

उनले जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय स्तरमा शेर्पा समुदायको उपस्थिति विस्तारलाई पनि आफ्नो प्रमुख एजेन्डा बनाएका छन् ।

नेपाली कांग्रेस समर्थित लाक्पा ठिलेन शेर्पाले संघको संघीय सल्लाहकारको रूपमा रहेर लामो समयदेखि समुदायको सेवा गर्दै आएका छन् ।

पाँचौँ महाधिवेशनमा अध्यक्षका प्रत्याशी रहिसकेका लाक्पा ठिलेले यो पटक ‘संघको संस्थागत क्षमता विस्तार’लाई आफ्नो अभियानको केन्द्रमा राखेका छन् ।

तेन्जी शेर्पाका समर्थकले चुनावको माध्यमबाट नेतृत्व चयन हुनुपर्ने माग गरिरहेका छन् भने ङवाङ सोनाम शेर्पालाई समर्थन गर्ने एमाले पक्षले विगतको भद्र सहमतिलाई कार्यान्वयन गर्नु पर्ने जोड दिइरहेका छन् ।

khanepani