पार्टी कार्यालयमा आन्दोलनकारीले लेखेका अमर्यादित शब्द मेट्दै एमाले, भुसाल पुगे च्यासल

वि.सं.२०८२ भदौ ३० सोमवार १४:०६
shares

काठमाडौँ । भदौ २४ गतेको आन्दोलनका क्रममा च्यासलस्थित पार्टी कार्यालयमा जथाभाबी लेखिएका अमर्यादित शब्दहरू नेकपा एमालेका नेता कार्यकर्ताले मेटाएका छन् ।
सोमबार पार्टी कार्यालय च्यासल पुगेर उनीहरूले त्यस्ता शब्दहरूमा रङ पोतेर मेटाएका हुन् । आन्दोलनकारीहरूले एमाले पार्टी कार्यालय तोडफोड र आगजनीका साथै कार्यालय परिसरमा विभिन्न नारा र नेतृत्वलक्षित अमर्यादित शब्दहरू लेखेका थिए । एमाले कोशी प्रदेश कमिटी सदस्य रोशन बस्नेत, युवा संघका निवर्तमान उपाध्यक्ष प्रकाश गौतमलगायतले ती शब्दहरू मेटाएका हुन् ।
यसैबिच नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले आक्रमणबाट ध्वस्त भएको एमाले पार्टी कार्यालयको अनुगमन गरेका छन् । झण्डै ३ वर्षअघि भुसालले एमाले परित्याग गरेका थिए ।