काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काठमाडौंको अनामगरस्थित योजना कार्यान्वयन निर्देशनालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

पुरा पढ्नुहाेस्

साइबर ब्यूरोमा इन्कारी बयान दिएका महेश बस्नेतमा पक्राउ पर्ने त्रास (भिडियो सहित)

1.05K
shares
khanepani bord

काठमाडौं । एमाले नेता महेश बस्नेतले बुधबार साइबर व्युरोमा बयान दिएर फर्किएलगत्तै च्यासलस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरे । अनुमान थियो, कतै उनी आजभोलिमै पक्राउ पर्दै त छैनन् ?

प्रहरीको साइबर व्युरोका प्रवक्ता एसपी दीपक अवस्थी उनलाई तत्काल पक्राउ गर्र्ने कुरा नभएको बताउँछन् । प्राप्त जाहेरीमाथि सोधपुछ गर्न आज बोलाइएको उनले जानकारी दिए ।

‘उहाँले आफ्नो कुरा भनेर जानुभयो, अनुसन्धान जारी छ’, अवस्थीले भने ।

धादिङकी शोभा भनिने जानुका पाठकले दिएको जाहेरीका आधारमा बस्नेतमाथि अनुसन्धान शुरु भएको हो । जिल्ला सरकारी वकिलको कार्यालयले भदौ ३१ मा तामेलीमा राख्न पठाएको उक्त जाहेरीउपर असोज ५ मा फेरि अर्को निर्देशन गर्दै अनुसन्धान गर्न भनिएको थियो । त्यही आधारमा २२ दिनपछि बयान लिइएको हो ।

विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार बस्नेत अनुसन्धानको प्रक्रियामा छन् । जाहेरवाली जानुकाले बस्नेतसँग आफ्नो विवाहेत्तर सम्बन्ध दावी गर्दै आएकी छन् ।

बस्नेतले अस्वीकार गरेका छन् । यही आरोप–प्रत्यारोपका बीच बस्नेतले पाठकलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ आकर्षित हुने हदको कसुर गरेको दावी गर्दै जाहेरी दिएकी थिइन् ।

khanepani