काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ६ महिनाभित्र निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई शान्तिपूर्ण रूपमा...

पुरा पढ्नुहाेस्

१५ सहसचिव सरुवा, को कहाँ ? (सूचीसहित)

923
shares
khanepani bord

काठमाडौं । सरकारले १५ जना सहसचिवको सरुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजपत्रांकित प्रथम श्रेणीका १५ सहसचिवको सरुवा गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए ।

संघीय मामिला तथा प्रशासन मन्त्रालय, गृह मन्त्रालय, खानेपानी मन्त्रालय, चिकित्सा शिक्षा आयोग लगायतमा कार्यरत १५ जना सहसचिवको एकैसाथ सरुवा भएको हो ।

‘राजपत्रांकित प्रथम श्रेणीका १५ सहसचिवको सरुवा गर्ने, कामकाज गर्न खटाउने निर्णय भएको छ,’ मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारमन्त्री खरेलले भने ।

न्याय सेवाका कर्मचारीको पनि सरुवा

त्यस्तै, न्याय सेवाका ८ जना सहसचिवहरूको पनि सरुवा भएको उनले जानकारी दिए ।

‘नेपाल न्याय सेवा, न्याय समूह राजपत्रांकित प्रथम श्रेणीका ८ जना अधिकृतहरूको सरुवा गर्ने निर्णय भएको छ,’ सञ्चारमन्त्री खरेलले भने ।

को कहाँ ?

khanepani