काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ६ महिनाभित्र निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई शान्तिपूर्ण रूपमा...

पुरा पढ्नुहाेस्

मोरङ कारागारमा बन्दीको मृत्यु

624
shares
khanepani bord

विराटनगर । जिल्ला कारागार मोरङमा एकजना बन्दीको मृत्यु भएको छ ।

शनिबार दिउँसो मोरङको उर्लाबारी नगरपालिका–६ घर भएका ५० वर्षीय काजीमान सार्कीको मृत्यु भएको हो । कारागार प्रशासनका अनुसार उनी लागुऔषध मुद्दाका बन्दी हुन् ।

जिल्ला अदालत मोरङले सार्कीलाई २०८१ पुस २९ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो । उनको मुद्दा विचाराधीन छ । जेलर गौरव ढुंगेलका अनुसार न्यून रक्तचाप र बान्ता हुने समस्या देखिएपछि उपचारका लागि शनिबार दिउँसो कोशी अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पताल भर्ना गरेको केही समयपछि चिकित्सकले मृत घोषित गरेका थिए ।

khanepani