काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काठमाडौंको अनामगरस्थित योजना कार्यान्वयन निर्देशनालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

पुरा पढ्नुहाेस्

मखमली फूलको मालाको मूल्य निर्धारण गर्न किसानको माग, उचित मूल्य नपाएको गुनासो

546
shares
khanepani bord

काठमाडौँ । नेपालीहरूको दोस्रो ठुलो पर्व अर्थात फूलहरूको पर्व तिहार नजिकिँदै गएको छ । तिहारमा मखमली, सयपत्री, गोदावरी फूलको माला अधिक प्रयोग हुने गर्दछ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुका अधिकांश किसान यतिबेला मखमलीको फूल टिपेर माला उन्नमा व्यस्त देखिन्छन् । तिहारमा मखमली फूलको मालाको अधिक प्रयोग र माग हुने गरेको छ । तर फूल उत्पादन किसानले उचित मूल्य भने पाउन सकेका छैनन् । गुण्डुका अधिकांश किसानले मखमली फूलको खेती गरेका छन् । किसान शहदेव बस्नेतले पछिल्लो वर्षमा परिश्रमअनुसार मालामा उचित मूल्य नपाएको गुनासो गरे ।

पछिल्लो तीन/चार वर्षदेखि मालाको मूल्य क्रमशः ओरालो लागेको उनले बताए । उनकाअनुसार १० वर्ष अगाडीसम्म मालाको मूल्य प्रतिगोटा ३३ रुपैयाँसम्म थियो । तर हाल प्रतिगोटा १८ रुपैयाँदेखि २३ रुपैयाँसम्ममा माला विक्री हुने गरेको उनले बताए ।

किसान गंगा थापाको गुनासो पनि बस्नेतको जस्तै छ । उनले पनि दुःख गरेअनुसार मालाको मूल्य पाउन नसकेको बताइन् । २० वर्षदेखि मखमलीको खेती गर्दै आएकी उनले मालामा खासै नाफा कमाउन नसकेको बताइन् । उनले मालाको मूल्य निर्धारण गर्न सरकारसँग माग पनि गरिन् ।

किसान निर्मला बस्नेतले गतवर्षको भन्दा यस वर्ष मालाको माग धेरै रहेको बताइन् । माला लिनको लागि व्यापारीहरू घरमा नै आउने उनको भनाई छ । उनले यसवर्ष १ हजार २ सय वटा माला बेचिसकेको जानकारी दिइन् । उनले गतसाल दुई हजार माला बेचेकी थिइन् । मालाको निर्धारित मूल्यदर नहुँदा बिचौलियाहरूलाई मात्रै फाइदा भएको उनको गुनासो छ ।

फूल उत्पादक किसानले सरकारले बजार अनुगमन गर्नुपर्ने आवश्यकता औँल्याए । उनीहरुले बिचौलियाका कारण किसानले उचित मूल्य नपाउने र उपभोक्ताहरू मंहगोमा पर्ने समस्या खडा भएको बताएका छन् ।

khanepani