काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा कार्यकर्ताले आफ्नो फिल्डको नेता आफैँ छान्ने...

पुरा पढ्नुहाेस्

निर्वाचन आयोगको प्रमुख आयुक्त र दुई सदस्यहरूको पदपूर्ति गर्ने विषयमा छलफल

1.42K
shares
khanepani bord

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले निर्वाचन आयोगको प्रमुख आयुक्त र दुई सदस्यहरूको पदपूर्ति गर्ने विषयमा छलफल थालेको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार निर्वाचनलाई सरकारले पहिलो प्राथमिकता दिएको भन्दै खाली भएको संवैधानिक आयोगको पदाधिकारी मध्ये निर्वाचन आयोगमा जोड दिइएको हो ।

‘खाली स्थानमा कसरी पदपूर्ति गर्ने भनेर आन्तरिक छलफल भएको हो । निर्णय त भइसकेको छैन,’ स्रोतले भन्यो । निर्वाचन आयोगको प्रमुख आयुक्तमा पूर्वसचिव दिनेश थपलियाको म्याद गत चैत ८ गते सकिएपछि अहिले रिक्त रहेको छ ।

सरकारलाई जेनजीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सहित अन्य आयुक्त हटाउन दबाब दिएपनि यसबारे सरकारले तयारी भने गरेको छैन ।

IME
khanepani